काठमाडौँ । नेपालका लागि विश्व प्रसिद्ध दक्षिण कोरियाली अटोमोबाइल कम्पनी ‘किया’को अधिकृत विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले विराटनगरमा सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले नयाँ ‘किया सिआई–२.०’ मापदण्ड अनुसार अपडेटेड सोरुम सञ्चालनमा ल्याएको हो । कार्यक्रममा कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजबाट प्रमुख सदस्यहरू उपस्थित थिए, जसमा अटो डिभिजनका असिस्टेन्ट जेनेरल म्यानेजर मन्जितकुमार पोखरेल, काठमाडौँ सोरुम गैरीधाराका सेल्स म्यानेजर विनय श्रेष्ठ, मार्केटिङ अफिसर निरात न्यौपाने र नयाँ विराटनगर सोरुमका सोरुम इन्चार्ज कुशल लामिछाने लगायतको उपस्थिति रहेको थियो । सोरुम सुरु गरेको उपलक्ष्यमा कम्पनीले ३ दिने फ्ल्यास एक्सचेन्ज क्याम्प पनि आयोजना गर्न लागेको छ । विश्वभर ख्याति कमाएका दक्षिण कोरियाली ब्रान्ड कियाका सवारी साधनहरू ३० वर्षदेखि नेपाली सडकमा गुडिरहेका छन् ।
प्रतिक्रिया