अझै विश्वसनीयताको अभाव

पछिल्लो समय काठमाडौंका पेट्रोलपम्पहरू खचाखच भरिएका छन् । काठमाडौं बाहिरबाट आएका यात्रुवाहक सवारी साधन बीच बाटोमा पेट्रोलपम्प देखिने बित्तिकै रोकिने गर्छन् । आउने दिनका लागि पेट्रोलियम पदार्थको जोहो गर्नका लागि सबै आत्तिएका छन् । असोज महिनाको सुरुआतदेखि सुरु भएको नाकाबन्दी लगभग सकिएको छ । लगातारको वार्ता, स्थगन, फेरि वार्तालगायतको चरण पार गर्दै अहिलेको अवस्था आइपुगेको हो । पछिल्लो समय नेपालमा सरकारप्रति आमव्यक्तिको विश्वास गुमेको छ । विश्वास गुमे पनि आमनागरिकको हरेक गतिविधिले प्रस्ट पारेको छ कि राजनीतिक सत्ताप्रति उनीहरूको कुनै विश्वास र भरोसा छैन ।

पेट्रोलियम पदार्थलगायत अन्य साधनहरू पाउन थालिएको छ । तथापि, पेट्रोलियम पदार्थ पाइने ठाउँमा यो भिड यथावत रहेको हो । यो भिड र जोहो गर्ने चाहना सरकारले दिएको आश्वासनप्रतिको आमनागरिकको अविश्वासको यो एउटा उदाहरण हो । लगभग ५ महिना लामो नाकाबन्दीकै समयमा भारतमा १२औँ दक्षिण एसियाली खेलकुदको आयोजना भएको थियो । सम्पूर्ण नेपालीको ध्यान उतातर्फ आकृष्ट भएको थियो । त्यसकारण नाकाबन्दी र यसले उत्पन्न गरेको समस्याका बारे धेरैलाई चासो पनि रहेको थिएन । नेपालीको एउटा आदत छ । आपूm सम्बन्धित क्षेत्रमा समेत कमै जानकारी र ज्ञान राख्ने । आबद्ध नभएको क्षेत्रमा समेत जानकारी भएको भ्रम पाल्ने बौद्धिक भनिएका व्यक्तिमा समेत यो मनोरोग तीव्र छ । राजनीतिक व्यक्तिमा यो मनोरोग अझ बढी छ । पछिल्ला केही साता नेपालको जनजीवनको समस्यामा धेरैको ध्यान गएको छैन । जनजीवनका बारे सबै मौन छन् । नेपालीले कठिन जीवन बिताउन थालेको १० महिना भइसकेछ ।

यो कठिन परिस्थितिबाट धेरै गुज्रिएका छन् । यो कठिन परिस्थितिबाट फुका हुने एउटा बाटो तय भएको छ । तथापि आमव्यक्ति आस्वस्त हुन सकेका छैनन् । साचोभन्दा सत्ताप्रति नागरिकको आस्था छैन र विश्वास छैन । यसैकारण हो, नाकाबन्दी खुले पनि हरेक पेट्रोलियम पम्पमा जोहो गर्नका लागि लाइन बसिन्छ । नेपाली सत्ताको क्षमता हेर्दा आमव्यक्तिले विश्वास गर्नसक्ने कुनै आधार देखिएको छैन । भूकम्प गएको १० महिना बित्दा पनि पुनर्उत्थान हुन सकेको छैन । इन्धन अभाव हुने बित्तिकै वैकल्पिक श्रोतको व्यवस्था हुन सकेको छैन । हुन सक्छ, आगामी दिनमा यसै खाले कठिन परिस्थितिको सामना हामी आमनेपालीले गर्नु पर्दैन । सामान्य व्यक्तिको काम कामना गर्ने मात्र हो । यसै बीचमा वैकल्पिक ऊर्जाको प्रसंग उठाउँदा सरकार प्रमुख हास्यको पात्र बने । धेरैले आलोचना गरे । तर, दुर्भाग्य सरकारले हामी सक्षम छौँ भन्ने विश्वास दिलाउन सकेको छैन । आमनागरिकको सत्ताप्रतिको अविश्वासको वातावरणले हामी कुन बाटोमा गइरहेको छौँ भन्ने प्रस्ट पारेको छ । तर, दुर्भाग्य सरकार अझै सचेत छैन ।

प्रतिक्रिया