फुटबल टिमको भव्य स्वागत

 swagat team football (1) copyकाठमाडौं, ५ फागुन । १२औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पुरुष फुटबलतर्फमा स्वर्ण जित्ने नेपाली फुटबल टिमलाई भव्य स्वाग गरिएको छ ।

नेपाली टोली भारतको गुवाहटीबाट काकडभिट्टासम्म बसमा आएका खेलाडी तथा पदाधिकारीहरूलाई झापामै भव्य स्वागत गरिएको थियो । नेपालको पूर्वी नाका काँकडभिट्टाबाट स्वदेश प्रबेश गरेको नेपाली टोलीलाई झापा जिल्ला खेलकुद बिकास समितिको आयोजनामा नागरिकस्तरबाट काँकडभिट्टा नगर परिक्रमा गराइएको थियो भने काक्कडभिट्टादेखि बिर्तामोड हुँदै भद्रपुरसम्मका स्थानीयले अभिनन्दन गरेका थिए ।

झापाको भद्रपुर विमानस्थलबाट बुधबार अपराह्न काठमाडौं उत्रिएका खेलाडी र प्रशिक्षकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै भव्य स्वागत गरिएको हो । टिमलाई स्वागत गर्नको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा विशिष्ट व्यक्तिदेखि हजारौ फुटबल प्रेमीहरूको बाक्लो उपस्थिति थियो । टोलीलाई काठमाडौंमा नगर परिक्रमा गराएर दशरथ रंगशाला पु¥याएर सम्मान पनि गरेको थियो । नगर परिक्रमापछि दशरथ रंगशालामा हजारौ समर्थकहरूलाई सम्बोधन गर्दै प्रशिक्षक राजुकाजी शाक्यले खेलाडीको रूपमा भारतको घरेलु भुमिमा पराजित गर्न नसकेपनि प्रशिक्षकको रूपमा हराउन पाँउदा खुशी लागेको बताए ।

‘भारतलाई उसकै घरेलु मैदानमा हराउने चाहना खेलाडीका रूपमा पुरा गर्न सकिएन ।’ प्रशिक्षक शाक्यले भने, ‘आफूले पुरा गर्न नसकेपनि आफ्ना खेलाडीहरूले त्यसलाई पुरा गरेकोमा ज्यादै खुसी छु ।’

यस्तै नेपाली टिमका कप्तान विराज महर्जनले २३ वर्षपछि दक्षिण एसियाली खेलकुदको फुटबलमा नेपाललाई स्वर्ण जिताउन पाउँदा गौरवान्वित महसुस गरेको बताए ।

खेलाडी तथा पदाधिकारीहरूलाई नेपाली सेनाले उपलब्ध गराएको पाँचवटा गाडीमा राखेर नगर परिक्रमा गराइएको थियो । खेलाडीलाई एयरपोर्ट, गौशाला, रातो पुल, ज्ञानेश्वर, लोत्से चोक, कमलपोखरी, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सुन्धारा, जुद्ध शालिक, न्यूरोड गेट, वीर अस्पताल, भोटाहिटी, जमल, केशरमहल, नारायणहिटी दरवार संग्रहालय गेट, महेन्द्र शालिक, पुरानो बसपार्क, भद्रकाली, शहिद गेट, सुन्धारा हुँदै त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुर¥याएर कार्यक्रम गरेको थियो ।

सोमबार भएका फाइनलमा आयोजक भारतलाई २–१ ले पराजित गर्दै नेपालले २३ वर्षपछि साग फुटबलको उपाधि जितेको थियो ।

स्वर्ण जित्नेलाई पाँच लाख

swagat team football (2) copyकाठमाडौं । सरकारले सागमा स्वर्ण जित्ने सबै खेलाडीलाई जनही ५ लाख दिने घोषणा गरेको छ । नेपालले १२औँ सागमा फुटबलसहित जुडो र उसुमा स्वर्ण जितेको थियो । जुडोबाट फुपु ल्हामु खत्रीले र उसुबाटे निमा घर्ती मगरले नेपालका लागि स्वर्णपदक दिलाएकी थिइन् ।

बुधबार स्वदेश फर्किएको नेपाली टोलीलाई नगरपरिक्रमापछि दशरथ रंगशालामा आयोजित कार्यक्रममा युवा तथा खेदकुद मन्त्री सत्यनारायण मण्डलले नगद पुरस्कार घोषणा गरेका हुन् ।

स्वर्ण विजेता फुटबल खेलाडीहरूलाई नगर परिक्रमा गराएपछि उनले फुटबल टोलीका प्रत्येक सदस्यहरू तथा सागमा अरू दुई स्वर्ण दिलाउनेलाई जनही पाँच–पाँच लाख दिने बताएका हुन् ।

खेलुकद मन्त्री मण्डलले नेपाली फुटबल टिमले फेरि एकपटक तीन करोड नेपाली जनताको मुहारमा खुशीयाली ल्याएको पनि बताए ।

मन्त्री मण्डलले सागमा तयारीका हिसावले सन्तोषजनक नतिजा आएपनि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालले सुधार्नुपर्ने थुप्रै ठाँउ रहेको बताए ।

प्रतिक्रिया