सचेतनाका लागि गाउँ–गाउँमा कलाकार

kalakar copyदोलखा, ५ फागुन । भूकम्पलगायत अन्य विपद् र प्रकोपबारे नागरिकलाई सचेत गराउन जिल्लाका गाउँ गाउँमा कलाकार टोली परिचालित भएका छन् । समुदायलाई सचेत गराई आगमी दिनमा हुन सक्ने भूकम्पीय क्षति बाढी, पहिरो, आगलागी जस्ता विपद् र प्रकोपबाट हुने क्षति कम गराउन नाटक देखाउँदै कलाकार टोली खटिएका हुन् ।

ग्रामीण समुदायमा तालिम गोष्ठि भन्दा मनोरञ्जनका माध्यमबाट सचेतीकरण प्रभावकारी हुने भएकाले स्थानीय सहारा कला केन्द्र सँगको सहकार्यमा इकार्डस् दोलखाले कलाकार टोली परिचानल गरेको हो । कलाकार टोलीहरू जिल्लाको विभिन्न ११ गाविसमा पुगी समुदायमा गीत र नाटक प्रर्दशन गर्ने इकार्डस् दोलखाका कार्यक्रम संयोजक नवराज खड्काले बताए । “समुदायमा स्तरमा नाटक देखाएर प्रकोप जोखिम र क्षतिलाई कम गर्ने प्रयास गरेका छौ ।” खड्काले भने ।

नाटक प्रर्दशनका लागि लि बर्ड नेपाल र नर्बेजियन विकास कोषले सहयोग गरेका छन् । सडक नाटक जिल्लाको भिरकोट, झुले, हावा, च्यामा, शहरे र डाँडाखर्क गाविसमा प्रर्दशन गरिने छ । यसैगरी जिल्लाको मेलुङ, कालिञ्चोक, जफे र मालु गाविस पनि नाटक देखाइने सहारा कला केन्द्रका प्रमुख हरि के.सी ले बताए । गाउँ जानु अघि केन्द्र बुधबार जिल्लाका प्रमुख सरोकारवाला समक्ष नाटक प्रस्तुत गरी सुझाव समेत संकलन गरेको छ । सरोकारवालाको सुझावको आधारमा आवश्यक परिमार्जन गरी नाटक प्रर्दशन गरिने के.सी ले बताए ।

नाटकमा प्रकोप के हो ? यसबाट कसरी जोगिने, प्रकोप कसरी हुन्छ जस्ता विषय समावेस गरिएको छ । विश्वका एक सय ९८ देश मध्य नेपाल समग्र प्रकोपका हिसाबले २० औँ स्थानमा पर्ने भएकाले पनि प्रकोप पुर्वतयारी गर्न नाटकको माध्यमबाट सन्देश दिन खोजिएको इकार्डस् दोलखाका अध्यक्ष धमेन्द्र मोक्तानले बताए । नाटकले प्रकोप जोखिम न्युनिकरणमा सहयोग पुग्ने मोक्तानले बताए ।

प्रतिक्रिया