दुई किराती मोर्चाबीच एकता

1.jpeg copyमोरङ, ५ फागुन । संयुक्त महाधिवेसन मार्फत दुई वटा पार्टी संम्बद्ध किराती राष्ट्रिय मोर्चा एकीकरण भएको छ । मोरङको बेलबारीमा आइतबार एकता महाधिवेशनले किराती राष्ट्रिय मुक्ति मोर्चा र किरात राई स्वशासित संघ (एकीकृत)वीच एकता भएको हो । दुबै मोर्चा एकतापछि नयाँ मोर्चाको नाम अखिल किराती राष्ट्रिय मुक्ति मोर्चा भएको छ ।

तत्कालीन मोहन वैद्य नेतृत्वको माओवादी र परी थापा नेतृत्वको नेकपा (एकीकृत) एकता गरेर नेकपा क्रान्तिकारी माओवादी बनेपछि पार्टीहरू सम्बद्ध जातीय क्षेत्रीय मोर्चाहरूको एकता गर्ने क्रममा किराती मोचाको एकता भएको हो । एकता महाधिवेसनबाट मोर्चाको अध्यक्षमा दुर्गा राईलाई चयन भएका छन् । त्यसैगरी उपाध्यक्षहरूमा तिलकप्रसाद राई, राजेन राई र टंकमणी राई, महासचिवमा गौरब राई, टिका लिम्बू, किशोर राई, अर्जुन राई र गंगादेवी राई चयन भएका छन् । त्यसैगरी कोषाध्यक्षमा शुभचन्द्र राई सदस्यहरूमा ममता राई, देवचन्द्र राई, कलाकुमारी राई, राजन राई, रोशन राई, आशा कुलुङ, किशोर राई, जयन्तिकला राई, डेकिन्द्रकुमार राई चयन भएका छन् । सम्सेर लिम्बू, सन्तोष लिम्बू, प्रेमिका याक्खा, लालबहादुर सुनुवार, प्रतिक सुनुवार, दीपक राई, जितेन राई, दिपेन राई, कृष्ण सुनुवार, मैना राई, बिर्सिका राई, रेवती राई, नवीन राई, चित्रकुमार राईलगायत एक सय सात सदस्यीय केन्द्रीय समिति गठन भएको हो ।

क्रान्तिकारी माओवादी स्थायी समिति सदस्य सुरेश आले मगरले घोषित ‘प्रतिगामी’ संविधान विरुद्ध लडाइ जारी रहेको बताएका छन् । मोरङको बेलबारीमा आइतबार सुरु भएको एकता महाधिवेशनले किराती राष्ट्रिय मुक्ति मोर्चा र किरात राई स्वशासित संघ (एकीकृत)वीच एकता महाधिवेशनमा उनले यस्तो बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मगरले नेपालमा वर्गीय र जातीय दुवै समस्या समाधान भएमात्र देशका शान्ति कायमहुने बताए । माओवादी विभाजनले निराशा बढाउदै लगेको बेला दुई पार्टीको एकताले जनतामा नयाँ शन्देस दिएको बताए । पार्टी सम्बद्ध अखिल आदिवासी जनजाति महासंघको अध्यक्ष समेत रहेका मगरले वर्तमान अवस्थामा नेपालको राष्ट्रियता सबैभन्दा बमजोर भएको उल्लेख गर्दै मधेश आन्दोलन आवश्यक रहेपनि नेताहरूको तौर तरिका प्रति आफूहरूको सहमति नरहेको बताए ।

पार्टी स्थायी सदस्य तथा कोचिला संयोजक सावित्रीकुमार काफ्लेले बाबुराम भट्टराई क्रान्तिमा भाँजो हाल्ने र प्रचण्ड रातारात क्रान्तिकारी भइहाल्ने कुरामा त्यतिधेरै विस्वास गर्न नहुने बताए । पार्टी केन्द्रीय सदस्य तथा मोरङ जिल्ला प्रमुख कुशल लिम्बूले प्रचण्डको नेतृत्वमाहुने आन्दोलनमा जनताले विश्वस नगर्ने भएकोले एकता मोहन बैद्य (किरण)को नेतृत्वमा मात्र सम्भब हने बताए । पार्टी केन्द्रीय सदस्य तथा अखिल आदिवासी जनजाति महासंघका महासचिव नगेन्द्र राई लगायतले बोलेका थिए ।

पार्टी विभाजनसँगै एमाओवादी सम्बद्ध मोर्चाको अध्यक्ष सुदन किराती, नेकपा (क्रान्तिकार माओवादी सम्बद्ध) मोर्चाको अध्यक्ष दुर्गा राई र विप्लव माओवादीको अध्यक्ष रामप्रसाद राई भएका छन् । जनयुद्ध कालमा खम्बुवान मुक्ति मोर्चा र लिम्बुवान मुक्ति मोर्चा वीच एकीकरण गरेर बनेको किराती राष्ट्रिय मुक्ति मोर्चाको सस्थापक अध्यक्ष भक्तराज कन्दङ्वा र महासचिव गोपाल किराती रहेका थिए । सबै किराती मोर्चाले पूर्वी नेपालको १७ जिल्लालाई किरात स्वायत्त राज्य बनाउनु पर्ने माग सहित आन्दोलनमा रहेका छन् ।

प्रतिक्रिया