आमेष र निताको बिहे २ वर्ष सर्ने

2 copyकाठमाडौं, २ फागुन । नवनायक आमेष भण्डारी र नायिका नीता ढुंगानाबीच अब २ वर्षपछि मात्र बिहे हुने भएको छ । करिब ४ वर्षदेखि प्रेम सम्बन्धमा रहेका यी जोडिमध्ये निताले तत्काल बिहे नगर्ने भनेपछि २ वर्ष पर सरेको हो ।

फागुन २१ गते चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ चलेपछि बिहे गर्ने सोच बनाएर आमेषले नीतालाई प्रेमदिवसको अवसरमा आइतबार बिहान बिहे प्रस्ताव राखेका थिए । आमेषले नीतालाई राखेको बिहेको प्रस्तावलाई उनले अस्वीकार गर्दै २ वर्ष कुर्न भनेकी छन् । आमेषले भने ‘२ वर्षपछि बिहे गर्नका लागि उनले आग्रह गरिन् । अब कसरी नाई भन्नु ।’

बिहेपछि पनि दुबैले करिअर अगाडि बढाउने सोच थियो आमेषको । तर, नीता भने बिहे गरेपछि घरपरिवारलाई समय दिनुपर्ने भएकाले पनि भने जस्तो हुँदैन भन्ने सोचमा छिन् । यसैले उनले आमेषलाई २ वर्ष कुर्न आग्रह गरेकी हुन् । नीताको बुझाइमा प्रेममा जस्तो मज्जा बिहेमा छैन । प्रेममा परेपछि खुलेरै सम्बन्धलाई सार्वजनिक गरेको यो जोडी तत्काल बिहे गर्ने पक्षमा देखिएको छैन । ‘अझै २ वर्ष कुर्नुपर्ने भो’, आमेषले भने ।

प्रतिक्रिया