विचल्लीमा उसु खेलाडी

nara baji copyकाठमाडौं, २९ माघ । भारतमा जारी १२औँ सागमा नेपाली उसु टोलीले आशलाग्दो प्रदर्शन गरे । सागमा इतिहासकै कमजोर तयारीबीच नेपाली खेलकुद भारत गएको थियो । त्यही अनुरूप उसुको तयारी पनि खासै राम्रो थिएन् । तथापि, आमखेलकुद क्षेत्रमा उसुले कम्तीमा २ स्वर्ण ल्याउने सबैले आँकलन गरेका थिए । त्यही अनुरूप उसुले सागमा उत्कृष्ट प्रदर्शन ग¥यो । जसमा ११ खेलाडीले फाइनलको यात्रा तय गरेका थिए । तर, एक स्वर्ण मात्र नेपालले हात पा¥यो । त्यही स्वर्ण नै जारी सागमा हालसम्म एक मात्र हो । नेपालको उसुले १६ खेलाडीमा १० रजत र एक कांस्य जित्दा खराब नतिजाबाट गुज्रिरहेको उसुले केही सान्त्वना दिएको थियो । साग खेलमा उसुको तर्फबाट ५ निर्णायक र १ टेक्निकल हेड थिए । त्यसमाथि नेपालको फाइनल खेलमा नेपाली निर्णायकहरूको निर्णयमाथि नै आफ्नै देशका खेलाडीले प्रश्न उठाए । उनीहरूले नेपाल नै टेक्निकल हेड भएको खेलमा खराब निर्णय भएको आरोपसमेत लगाएका थिए । यसरी सागमा गएको उसुभित्रकै अफिसियल र खेलाडीबीच द्वन्द्वको अवस्था सिर्जना भएको थियो । खेलाडीहरूले अफिसियल र प्रशिक्षकमाथी नै कयौँ प्रश्न उठाए । अफिसियलले स्वास्थ्यस्थिती खराब भएको अवस्थामा बेवास्ता गरेको र खानसम्म राम्रो नदिएको आरोप लगाएका छन् । त्यो घटनासँगै आपूmसँग गएको खेलाडीलाई बीचबाटोमा नै छोडेर उसु व्यवस्थापन पक्ष काठमाडौं फर्किएपछि सम्पूर्ण नेपाली र खेलजगतलाई स्तब्ध तुल्याएको छ । पदक जितेर फर्केका ९ जना उसुका खेलाडी झापाको बिर्तामोडमा छोडेर व्यवस्थापक शुक्रबार काठमाडौं फर्किए । उनीहरूमध्ये २ खेलाडी बिरामी थिए । केही खेलाडी भने यसअघि नै सागको फाइनल खेलमा बिरामी भएका थिए । तर, ती खेलाडीलाई नै बेखर्ची बनाएर राष्ट्रिय खेलकुद परिषद्(राखेप) का प्रतिनिधि फत्त गुरुङ र उसु व्यवस्थापक फर्किएका हुन् ।

उसुका टिम म्यानेजरमा नानीबाबु तामाङ, प्रशिक्षकहरू सुमन भट्ट, प्रकाश महर्जन, अरूण दत्त र रतन खातीले पदक विजेता खेलाडीहरूलाई अलपत्रै छाडेर उनीहरू काठमाडौं फर्किए । तर, उनीहरूसँग स्वर्ण पदक विजेता निमा घर्तिमगर, रजत पदक विजेता झरना गुरुङलगायत केही महिला खेलाडी मात्र थिए । एयरपोर्टमा उसु खेलाडीलाई र आफ्ना सन्तानलाई स्वागत गर्न पुगेका अविभावक र खेलप्रेमीहरूले खेलाडी नदेखेपछि व्यवस्थापकलाई प्रश्न गरेका थिए । तर, जवाफ चित्तबुझ्दो नभएको भन्दै उनीहरूले राखेप, प्रशिक्षक र व्यवस्थापकहरूविरुद्ध नारावाजी गरे । उनीहरूले विजय खोई र विश्व खोई भन्दै नारावाजी लगाए । स्थिति केहीबेर तनावग्रस्त बनेको थियो । त्यही मध्येका रजत पदक विजेता विजय सिन्जाली मगरका अविभावकले उसुको व्यवस्थापकले खेलाडीहरूको स्वास्थ्यको ख्याल नै नगरी गैरजिम्मेवारीपूर्ण काम गरेको बताउँदै उनीहरूलाई अलपत्र पारेको बताए । अलपत्र मध्येका केही खेलाडी सिकिस्त बिरामी छन् । बिरामी भएका खेलाडी बिर्तामोडस्थित बिएनसी अस्पताल भर्ना भएका छन । टिम म्यानेजर र प्रशिक्षकहरूले खेलाडीलाई बिहीबार राती काँकडभिट्टामा अलपत्रै छाडेर इटहरी पुगेका थिए ।

sag wushu player hospital copyबिरामी भएका रजत पदक विजेता तथा अन्य खेलाडीहरूले सौर्यसँगको कुराकानीमा भने, हामीलाई बेवास्ता गरी खेलको क्रममा खराब खानेकुरा दिइएको थियो । चाउचाउ ख्वाएर राखे । बिरामी परेको अवस्थामा अलपत्र पार्दै हिँडे । टोली सदस्य विश्वले भने आराम नमिल्दा खेलाडीहरू बिरामी परे र उपचारमा पनि कुनै चासो दिएनन् । कसैलाई वान्ता भएको छ । केही खेलाडीलाई घाँटी दुख्ने र थकानका कारण खेलाडीहरू अस्पताल भर्ना भएका छन् ।

तर, उसुका प्रशिक्षक र व्यवस्थापकहरूले भने एयरपोर्टमा भएको कुराकानीमा खेलाडीहरू बिरामी परेको कुरा खण्डन गर्दै उनीहरूले स्वेच्छाले बसेको बताए छन् । व्यवस्थापक प्रनिलध्वज कार्कीले भने, ‘खेलकुद परिषद्ले दिएको थोरै बजेटमा अगाडि बढ्दा खेलाडीहरू केही सुविधाबाट वञ्चित भएका हुन् । बजेट थोरै थियो, लामो यात्रा निरन्तर हुँदा र आराम नहुँदा खेलाडीहरूको स्वास्थ्यमा केही असर परेको भने पक्कै हो । तर, उनीहरूले नै आराम गर्ने भनेकाले आपैmँ खेलाडी बसेको बताए ।’

नेपालका लागि खराब दिन

भारतमा जारी १२औँ दक्षिण एसियाली खेलकुदअन्तर्गत शुक्रबार सिलोङमा कुनै खेल भएनन् । गुहावटीमा भएको खेलस्पर्धा नेपालका लागि उपयुक्त भएनन् । एथलेटिक्समा शुक्रबार बिहान भएको स्पर्धामा भूमिराज राई पाँचौँ स्थानमा सीमित भए । खिमबहादुर खत्री छैटौँ भए । २ घन्टा १५ मिनेट १८ दुरी तय गर्दै भारतका नितेन्द्र सिंह रावतले स्वर्ण जिते । यसैगरी, श्रीलंकाका अनिरुद्ध कोरी दोस्रो तथा भारतकै खेटा राम तेस्रो भए । यसैगरी, बिहीबार बेलुका भएको महिला ४ गुणा ४ सय मिटर रिलेमा नेपाल पाँचौँ भएको छ । नेपालभन्दा अघि भारत पहिलो, श्रीलंका दोस्रो बंगलादेश तेस्रो र पाकिस्तान चौथा भए । शुक्रबार बिहान भएको महिला म्याराथन नेपालका लागि झन् दुखद रह्यो । खेलका दौरान नेपाली खेलाडी पुष्पा भण्डारी ३५ किलो पूरा गरेपछि बेहोस भएकी छिन् । उनलाई उपचारका लागि डाउनटाउन अस्पताल लगिएको छ । अस्पतालमा पुगेर भण्डारीको स्वास्थ्य अवस्थाबारे डेपुटी सेभ द मिसन धर्मकुमार श्रेष्ठले जानकारी लिएका थिए ।

२ सय मिटर पुरुष दौडमा याम साजन सुनुवार साताँै भए । १५ सय मिटरमा नेपालका छत्रबहादुर दाहाल सातौँ भए । महिलाको १५सय मिटरमा सरस्वती भट्टराई पाँचौँ भइन् । पुरुष ट्रिपलजम्पमा चन्द्रदेव जोशी छैटौँ भए । महिला ज्याभलिन थ्रोमा नेपालकी चन्द्रकला लाम्गादे पाँचाँै स्थानमा रहिन् । उनले ४० दशमलव ३५ मिटर फ्याकिन् । भारतकी सुमनदेवीले ५९ दशमलव ४५,अनु रानीले ५७ दशमलव १३ तथा नदीका लक्मालीले ५४ दशमलव ८२ मिटर फ्याके ।

ह्यान्डबलमा नेपालको हार

१२औँ सागअन्तर्गत भएको महिला भारोत्तोलनको पहिलो चरणमा नेपाली टोली भारतसँग पराजित भएको छ । शुक्रबार भएको पहिलो चरणको खेलमा नेपाललाई भारतले ४७–२० ले हराएको हो । पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको नेपाल पराजयका बाबजुद सेमिफाइनलमा प्रवेशको सम्भावना प्रबल रहेको छ । नेपाल पहिलो चरणबाट बाहिरन श्रीलंकाले भारतलाई पराजित गर्नुपर्ने छ । नेपाली पुरुष ह्यान्डबल टोली पनि फराकिलो अन्तरले पराजित भएको छ । नेपाल पाकिस्तानसँग ५०–१५ ले पराजित भयो ।

जितका लागि आतुर

नेपालले साग फुटबलअन्तर्गतको सेमिफाइनलमा माल्दिभ्सको सामना गर्दै छ । नेपाल र माल्दिभ्सबीच यसअघि बंगबन्ध गोल्डकपको सेमिफाइनलमा पनि भेट भएको थियो । सो खेलमा नवयुग श्रेष्ठको ह्याट्रिकमा नेपाल ४–१ ले विजयी भएको थियो ।

प्रतियोगिताको पहिलो खेलमा भुटानलाई ५–० को फराकिलो अन्तरले हराएको नेपाल दोस्रो खेलमा बंगलदेशसँग २–१ ले पराजित भएको थियो । नेहरू रंगशालामा स्थानीय समय अनुसार साँझ ७ बजेर १५ मिनेट जाँदा सुरु हुने यसै सेमिफाइनल खेललाई नेपाली प्रशिक्षक राजु काजी शाक्यले फाइनलभैmँ भएको संज्ञा दिएका छन् ।

‘बंगबन्धु कपको खेलबाट हामीले आत्मविश्वास बटुलेका छौँ । भुटानसँग पनि हामीले कुनै गोल गर्न नदिई ५ गोल ग¥याँै । तर, बंगलादेशसँग हामी राम्रो खेलेर पनि हा¥यौँ । यो फुटबल हो यहाँ जे पनि हुन सक्छ ।’ शाक्यले भने ।

उनले केही खेलाडी घाइते भएका कारण सेमिफाइनलमा कुनै जोखिम उठाउन नचाहेर बंगलादेशसँग आराम दिएको बताए । उनले यो प्रतियोगिता र यहाँ पाउने सफलताले नेपाली फुटबललाई नयाँ दिशा दिन सक्ने बताए । उनले आफू टोलीका लागि नयाँ भएको स्वीकार गर्दै बंगलादेशसँग गरेको गल्ती र अन्य कमजोरी हटाउन केन्द्रित रहेको बताए । उनले आफ्ना टोलीका खेलाडी राम्रो नतिजाका लागि आतुर भएका कारण राम्रो खेल्ने विश्वास व्यक्त गरे । नेपालले यसअघि सन् १९८४ मा काठमाडौंमा पहिलो संस्करण र सन् १९९३ मा ढाकामा छैटौँ संस्करणमा स्वर्ण पदक जित्दा दुवैपटक शाक्य खेलाडी थिए ।

प्रतिक्रिया