‘पालाम’को फेरि च्यारिटी सो

palang copyपाँचथर, २८ माघ । लिम्बू जातिको संस्कृतिमा आधारित भएर निर्माण भएको चलचित्र ‘पालाम’ को पुनः च्यारिटी सो हुने भएको छ ।

यसअघि माघ २३ गतेबाट फिदिमको छाब्दी बाराही चलचित्र मन्दिरमा प्रदर्शन भएको चलचित्रको दर्शकको माघ बढेपछि आगामी फागुन १५ गते पुनः च्यारिटी सो हुने भएको नायकसमेत रहेका ‘पालाम’ चलचित्रका प्रस्तोता मित्र लिङ्देनले बताए ।

लिम्बू जातिको बाहुल्यता रहेको पाँचथर र ताप्लेजुङमा छायांकन गरिएको पालाममा कथाबस्तु र कलाकारहरू स्थानीय रहेकोले यसप्रति यहाँका दर्शक आकर्षित भएका नायक लिङ्देनले बताए । लोपन्मुख लिम्बू कला, भाषा, लिपी, संस्कृतिप्रति जनचेतना जगाउने गरी बनाइएको प्रेम कथामा आधारित पालामको निर्माण सुनिता श्रेष्ठ लिङ्देनले गरेका छन् ।

अतिथी कलाकारको रूपमा महानायक राजेश हमालसहित मित्र लिङ्देन, सौजन सुब्बा, सविना मादेन, जितेन मेन्याङ्बो, टिकाहाङ जवेगु, देव मेन्याङ्बो, भूमिका फेम्बु, सष्टिका मादेनलगायत स्थानीय कलाकारको फिल्ममा अभिनय रहेको छ ।

चलचित्र पालाङका गीतमा बुद्धराज लिम्बू, भक्त सुनुवार द्वन्द्व उन्छोन चेम्जोङको संगीत तथा दिनेश माङ्मु र जर्ण राईले नृत्य निर्देशन गरेका छन् । चलचित्र ‘पालाम’लाई किशोर सुब्बाले निर्देशन तथा उत्तर लिम्बूले मुख्यसहायक निर्देशन गरेका छन् ।

फिल्मको छायांकन भानु न्यौपानेले गरेका छन् । नारायण तुम्बापो र सुनिता जवेगुको गीत रहेको पालामको फिदिमपछि विभिन्न जिल्ला र देशमा च्यारिटी गर्ने तयारी रहेको नायक लिङ्देनले बताए ।े

प्रतिक्रिया