अफगानिस्तान खाद्य समयस्या

काबुल, २७ माघ । गएको कम्तीमा पनि डेढ दशकदेखि चरम हिंसाको चपेटमा गुज्रिएको अफगानिस्तान पछिल्लो समयमा आएर खाद्य संकटमा परेको बताइएको छ । विश्वका गरिब राष्ट्रमध्येको सूचीमा रहेको अफगानिस्तान पछिल्लो समयमा आएर भूकम्प तथा आँधीजस्ता प्राृकतिक प्रकोपबाट पनि लगातार प्रभावित भएको बताइएको छ ।

आगामी १ वर्षका लागि खाद्यान्नको चरम संकट पर्नसक्ने भन्दै यसका लागि सहयोगको आह्वान गरिएको छ । सहयोग गर्न संयुक्त राष्ट्रसंघलाई नै आग्रह गरिएको बताइएको छ ।

यसबाहेक अफगानिस्तानमा सन् २०१५ को जनवरीदेखि नोभेम्बरसम्म मुलुकमा व्याप्त द्वन्द्वका कारण कम्तीमा पनि ५ लाख अफगान नागरिक विस्थापित अवस्थामा स्वदेश तथा विदेशमा शरणार्थीजीवन विताउन बाध्य छन् ।

अफगानिस्तानमा शान्ति स्थापनाका प्रयास सार्थक हुन नसक्दा पछिल्लो समयमा विस्थापितको संख्या पनि बढ्दो आवस्थामा देखिन्छ । सन् २०१४ मा द्वन्द्वका कारण विस्तापित संख्या सन् २०१५ को तुलनामा १ सय ६० प्रतिशत बढी थियो ।

गत अक्टोबर २६ मा अफगानिस्तानको उत्तरपूर्वमा अवस्थित बादरवास्तान प्रान्तमा गएको भूकम्पका कारण १ लाख ३० हजार मानिस विस्तापित भएका थिए । यसअघि पनि संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा खाद्य समस्याबीच नागरिक गुज्रिएको भन्दै करिब ३९ करोड ३० लाख अमेरिकी डलर बराबरको मानवीय सहयोगको लागि अन्तर्राष्ट्रिय समुदायसँग अनुरोध पनि गरेको थियो ।

संयुक्त राष्ट्रसंघका लागि अफगानिस्तानका मानवीय सहायता संयोजक मार्क बोडेन र अफगान सरकारका कार्यकारी प्रमुख अव्दुल्लाह अवदुल्लाहले अफगान नागरिकका लागि खाद्यान्नको सहयोगको याचना गरेका हुन् । उनले सन् २०१६ का लागि लक्षित उक्त सहयोग लाखौँ मानिसको खाद्यान्न वासस्थान, स्वास्थ्य, पोषण, सुरक्षित खानेपानी र अन्य आवश्यक सामग्री अभाव टार्नका लागि प्रयोग गरिने बताए ।

सहयोगका लागि विश्व समुदायले सहयोग गर्नेमा आपूm विश्वस्त रहेको अवदुल्लाहले बताए । त्यसैगरी संयोजक बाडेनले अन्तरराष्ट्रिय समुदायको सहायतालाई पहिलेजस्तै उत्साहित तवरले पठाई अफगान जनताको समस्यामा सहयोग पु¥याउन आग्रह गरेका छन् ।

प्रतिक्रिया