काजमा कर्मचारी राखिन्न : मन्त्री शर्मा

Rekha Sharma copyधनकुटा २५ माघ । सामान्य प्रशासन मन्त्री रेखा शर्माले काजमा कर्मचारी राख्ने परिपाटीको अन्त्य गरिने बताएकी छन् । सामान्य प्रशासन मन्त्रालयले सोमवार धनकुटामा गरेको सार्वजनिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रमलाई संबोधन गर्दै मन्त्री शर्माले अव काजमा रहेका सवै कर्मचारीलाई फिर्ता गराएर दरबन्दीमा मात्र कर्मचारी राखिने व्यवस्था गरिने बताईन् ।

कर्मचारीहरू काजमा रहँदा उसको मनस्थिती अस्थिर भई कार्यसम्पादन प्रभावकारी हुन नसक्ने भन्दै मन्त्री शर्माले कर्मचारीहरूलाई ढुक्क भएर जनताको सेवा गर्ने वातावरण निर्माणका लागि सवै कर्मचारी दरबन्दीमा राख्न लागिएको उल्लेख बताइन् । ‘काजमा आएको कर्मचारीको ध्यान काममा भन्दापनि कहिले कहाँँ पुग्नुपर्ने हो र कुन नेता वा हाकिमको चाकडी थाल्नुपर्ने हो भन्ने मै बढी केन्द्रित हुन्छ ।’ उनले भनिन् ‘त्यस्तो अवस्थाको अन्त्यगरी ढुक्क भएर जनताको सेवागर्नका लागि दरबन्दीमा मात्र कर्मचारी राख्ने ब्यावस्था गरिएको हो ।’

हालसम्म करिव चार सय कर्मचारीको काज फिर्ता गराई सकिएको भन्दै मन्त्री शर्माले अव कर्मचारी सरुवाका लागि क्षेत्रीय प्रशासन र जिल्ला प्रशासनलाई अधिकार प्रत्यायोजन गरिएको जानकारी दिईन् । उनले कार्यालयहरूलाई अपांग मैत्री बनाउँनकालागि पनि सरकार प्रयत्नशिल रहेको उल्लेख गरिन् । मन्त्री शर्माले दवाव र प्रलोभनमा नपरी प्रभावकारी हिसावले जनताको सेवागर्न कर्मचारीहरूलाई निर्देशन पनि दिएकी छन् ।

प्रतिक्रिया