मस्र्याङदीलाई उपाधि

काठमाडौं । प्रथम ओप्स अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि मस्र्याङ्दी माविले हात पारेको छ । बिहीबार भएको फाइनलमा सहआयोजक सृजना ज्ञानसागर माविलाई २–१ गोल अन्तरले हराउँदै मस्र्याङ्दीले उपाधि जितेको थियो । नेपालटारस्थित तारकेश्वरको खेलमैदानमा तेस्रो स्थानका लागि भएको खेलमा प्रगति माविले पुस्पकुञ्जलाई हराउँदै बाजी मा¥यो । प्रगतिले पुस्पकुञ्जमाथी २–० को जित निकाल्दै तेस्रो भएको हो ।

अर्गनाइजेशन अफ प्राइभेट स्कुल(ओप्स)को आयोजनामा प्रतियोगिता १५ माघदेखि शुरु भएको थियो । लिगकम नकआउटको आधारमा खेलाइएको प्रतियोगितामा कुल १६ स्कुल सहभागी थिए ।

प्रतियोगितामा उत्कृष्ट डिफेन्स सृजना ज्ञानसागरका प्रनय अर्याल, मिडफिल्डमा मस्र्याङ्दीका हित बहादुर तामाङ, फरवार्डमा सृजना ज्ञानसागरका आषिश ठकुरी, गोलरक्षकमा सृजनाकै रोसन कार्की, प्रशिक्षकमा प्रगतिका सन्तराम श्रेष्ठ र अनुसाशीत टिम न्यूटन माविलाई पुरस्कृत गरिएको थियो ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ता सृजनाकै आषिश ठकुरी र सर्वोत्कृष्ट खेलाडी मस्र्याङ्दीका पेम्बम भेन्दुपलाई पनि ट्रफी प्रदान गरिएको सृजना ज्ञान सागरका प्रिन्सिपल राजेन्द्रप्रसाद फुयालले बताए ।

प्रतियोगिताका विजेता खेलाडीहरुलाई पाब्सनका कार्यवहाक महासचिव राजेन्द्र बानिया र ओप्सका अध्यक्ष लोकेन्द्र बहादुर खड्का लगायत पुरस्कृत गरे । (सौस)

प्रतिक्रिया