खुकुरी, खुर्पापछि खुुँडा बनाउने तयारी

khukuri paxi copyकाठमाडौं, २१ माघ । करिब एक दशकअघि खुकुरीको कथामा चलचित्र बनाएका निर्देशक किशोर सुब्बाले ‘खुर्पा’ नामको अर्को चलचित्र लिएर आउने भएका छन् । ‘खुकुरी’ नामको चलचित्रमा खुकुरीकै वरिपरि कथालाई घुमाइएको थियो भने खुर्पालाई नारीप्रधान सन्देश फैलाउने गरी निर्माण गरिएको छ ।

निर्देशक सुब्बाको चलचित्र ‘खुर्पा’ आगामी फागुन १४ गते बाट एकसाथ देशभर प्रदर्शन हुने मिति समेत तय भइसकेको छ ।

निर्देशक सुब्बाका अनुसार ‘खुर्पा’ नारी प्रधान एक्सन चलचित्र हो । हुन त ‘खुकुरी’ पनि एक्शनप्रधान नै थियो । तर, ‘खुकुरी’ पुरुषप्रधान थियो भने ‘खुर्पा’ नारी पात्र केन्द्रित छ । उनले आफ्नो आगामी चलचित्रमा पनि एक्शन नै हुने बताए । ‘खुर्पा’पछि उनको ‘खुँडा’ नामक चलचित्र निर्माण हुने भएको छ । यो चलचित्रमा हस्त लिबाङ मुख्य, विराज आङ्देम्बे, विशाल थेबे र पदम चेम्जोङको लगानी छ । करिब ५० लाख रूपैयाँ लगानीमा ‘खुर्पा’ तयार भएको सुब्बाले बताए । चलचित्र ‘खुर्पा’ मा पुष्पा लिम्बूको भरपूर्ण एक्शन देख्न सकिने किशोरले बताए ।

पुष्पाको साथमा सविन श्रेष्ठ पनि चलचित्रमा देखिनेछन् । चलचित्रमा रोशन श्रेष्ठ, सुष्मा अधिकारी, सिमान्त उदास, युवराज लामा, हस्त लिबाङ र पुष्प श्रेष्ठको पनि अभिनय छ ।

प्रतिक्रिया