प्रेम दिवससँगै “प्रेमगीत”

premgeet-768x432 copyसुनसरी, २१ माघ । यसवर्षको प्रेमदिवसको अवसर पारेर प्रेममा आधारित कथानक चलचित्र ‘प्रेमगीत’ आगामी माघ २९ गते बाट प्रदर्शनमा आउने भएको छ । देशभर एकैपटक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘प्रेमगित’ पछिल्लो समयमा आधुनिक प्रविधिसँगै बनेको हँुदा आम दर्शकका बीचमा छुट्टै स्वाद र सन्तुष्टि बोकेर आउने निर्माण पक्षले जनाएको छ ।

चलचित्र निर्माता सन्तोष सेनको एक करोड ६५ लाख रूपैयाँको लगानी रहेको चलचित्र ‘प्रेमगीत’मा सरोज खनाल, राजाराम पौडेल, रूपा राना, लक्ष्मी गिरी र प्रदीप खड्काको चलचित्रमा मुख्य भूमिका रहेको बिहिबार इटहरीस्थित चिन्तन चौतारी होटलमा आयोजित पत्रकारसम्मेलनमा जानकारी दिइएको छ । चलचित्रमा मुख्य भूमिकामा रहेका कलाकार सरोज खनालले आफ्नो चलचित्र जीवनमा ३५ वटा चलचित्रमा आफूले अभिनय गरिसकेको र तीमध्ये ‘प्रेमगीत’को निर्माण एवम् प्रस्तुति ज्यादै मनपर्दो रहेकाले आमनेपाली दर्शकका माझमा पनि लोकप्रिय बन्ने विश्वास लिएको बताए । सुदर्शन थापाको निर्देशन रहेको चलचित्र ‘प्रेमगीत’को सम्पूर्ण छायाङ्कन काठमाडौँ, पोखरा र मुस्ताङका भूगोलको रहेको पनि पत्रकारसम्मेलनमा लगानीकर्ता सन्तोष सेनले थप जानकारी दिए ।

उनले यो धेरै लगानी रहेको र दर्शकले मनपराउने हिसाबको बनेको पनि पत्रकारसम्मेलनमा थप जानकारी दिए । चङ्खे, पङ्खे र सङ्खेपछि दर्शकमाझ आउन लागेको यो चलचित्र नेपाली चलचित्रको इतिहासमा नै निकै सफल बन्ने विश्वाससमेत व्यक्त गरिएको छ ।

पोखराको केटा अनि मुस्ताङकी केटीबीच प्रेम बसेर अघि बढेको पारिवारिक चलचित्र ‘प्रेमगीत’ दुखान्त छ । यस चलचित्रमा धेरै कलाकार आउने–जाने भइरहेपनि विशेषगरी पाँचजना कलाकारको मात्र मुख्य भूमिका रहेको तथा गीतहरू पनि निकै लोकप्रिय रहने विश्वास गरिएको छ ।

प्रतिक्रिया