काभ्रे कांग्रेसमा दुई खेमा

काभ्रे, २१ माघ । कांग्रेसको १३ औँ अधिवेशन नजिकिदै जाँदा काभ्रे कांग्रेसभित्र देउवा खेमा र संस्थापन खेमा बिच दाहोरो टकराव सुरु भएको छ । काभ्रे क्षेत्र नम्बर १का विभिन्न गाविसमा दुईखेमाबीच झडपसमेत भएको छ ।

डाँडापारी तिमाल र आशपासका क्षेत्रमा प्रतिनिधी चयनमा नै विवाद आएपछि निर्वाचन अधिकृतले गोप्य गुटबन्दीमा प्रतिनिधी चयन गरेको कांग्रेसका कार्यकर्ताहरूले गुनासो छन् । १५ माघमा भएको गाउँ तथा नगर वडा र नगर अधिवेशनमा गुटबन्दी भएको उनीहरूले बताए । अधिकाशं ठाउमा सस्थापन खेमा बलियो देखिएको छ । यता भने क्षेत्रिय अधिवेशन शुक्रबार हुँदै छ । जिल्ला अधिवेशन २५ माघ हुने भएको छ ।

जिल्ला सभापति रहेका शिव हुमागाई र मधु आचार्य बिच लामो अन्तरद्धन्द चले पनि पछिल्लो समय मिलान भएको कार्यकर्ताले बताएका छन् । क्षेत्रिय अधिवेशनमा मधु आचार्यलाई शिवले सहयोग गरेमा जिल्ला सभापतिमा मधु आचार्य आउने अड्कल कार्यकर्ताले काटेका छन् । सभापतिका विकल्पका रूपमा नेता चयन गर्न हम्यहम्य भएको बेला मधु आचार्य, अच्युच पौडेल, शंखवुद्ध लामा, कुमार लामिछानेको नाम चर्चामा आएको छ ।

देउवा पक्षबाट तिर्थ पसखलको नाम चर्चामा छ । यता जिल्लाको विभिन्न गाउँमा देउवा पक्ष र सस्थापन पक्षबिच प्रतिनिधी आउने बिषयमा नै टकराप देखा परेपछि निर्वाचन अधिकृतले नामसमेत सामर्वजानिक गर्न आनाकानी गरेका छन् । क्षेत्रिय स्तरमा पनि दुई खेमा देखिएको छ । को उठ्ने ? र कसलाई समर्थन गर्ने भन्दा पनि आफ्नो पक्षमा नतिजा आउने दाउमा आकांक्षीहरू थपिएको एक कार्यकर्ताले सौर्यलाई बताए ।

प्रतिक्रिया