दोहोरीका आशालाग्दा गायक रञ्जित

काठमाडौं, १२ माघ । नेपाली लोक गायन क्षेत्रमा दिनप्रतिदिन थुप्रै लोककलाकारहरू भित्रिने गर्दछन् । कसैको नाम नसुनिँदै बाहिरिन्छन् भने कुनै कलाकारले पेसा नै यही बनाएर दिनरात यसैमा रमाइरहेका हुन्छन् र प्रगतिको बाटोमा पुग्छन् ।

यसै मध्येमा पछिल्लो समय आशा गरिएका लोकगायकको रूपमा छाएका छन् गोरखा पालुङटार नगरपालिकाका रञ्जित परियार । सानैबाट गीतसंगीमा रुचि नभए पनि समय र परिस्थितिले नै आपूmलाई गायक बनाएको बताउँछन् गायक परियार । ‘स्कुले जीवनमा मलाई गीतसंगीतमा कुनै चासो थिएन । तर, बनपाखामा भने जानेर वा नजानेर गीतहरू गुनगुनाउने गर्थें । सबैले स्वर राम्रै छ भन्दा पनि मैले यसतर्फ ध्यान दिएको थिएनँ । मेरो रुचि खेलक्षेत्रमै बढी थियो ।’ गायक परियाले भने, नआएर पनि आपूmमा जे प्रतिभा छ त्यो आपैmँ खुल्ने रहेछ ।’ बाल्यकालमा आपूm गीत गाउने नभए पनि साथीसंगीहरूको लहैलहैमा लागेर गाउने बजाउने गरिन्थ्यो । अहिले त्यही नै जीवन जिउने आधार बनेको छ । गायन क्षेत्रमा आउने कुनै उद्देश्य नराखेका गायक परियारले उच्च शिक्षा अध्ययनको लागि काठमाडौं आएपछि माहोल परिवर्तन भएर गीतसंगीतमा होमिन पुगेको बताए ।

‘काठमाडौं आएर राम्रो अध्ययन गरेर अरू कुनै गर्ने सोच थियो । तर, काठमाडौं आएपछि अग्रज दाइहरूको संगतले दोहोरी गायक बनायो ।’ गायक परियारले भने, ‘०६९ मा वाद्यवादनको रूपमा त्यतिबेला ठमेलमा रहेको पोखरा दोहोरी साँझमा छिरँे ।’ त्यहीँबाट मेरो लोकगायनमा प्रवेश भयो । उनले आपूm गायक हुँदाको विगत सुनाउँदै भने, मादल बजाउने मान्छेले एकदिन गीत गाउँदा अहिले चर्चित लयशब्द संकलक शिव हमालले भनेको एक शब्दले नै म गायक बन्न सफल भएको हुँ । मलाई दोहोरी गायक बनाउन शिव हमाल दाइको ठूलो हात छ । ठमेलको दोहोरी साँझमा शिव हमाल दाइले मेरो स्वर सुनेर भनेका एक शब्द अझै सम्झन्छु । ‘भाइ तिम्रो स्वर एकदमै राम्रो छ, यति राम्रो स्वर भएको मान्छे किन मादल बजाएर बस्छौ, गीत गाउन थाल तिम्रो भविष्य राम्रो छ ।’ शिव दाइ त्यो शब्दलाई मनमा लिएर ठमेलको दोहोरी साँझ छाडेर दोहोरी सिक्नकै लागि नयाँ बसपार्कको पानस दोहोरी साँझमा छिरेँ । टुक्का नै जोड्न नआउने म एक वर्षपछि गायक बन्न सफल भए । यसले के पनि प्रमाणित गर्दछ भने, आपूmमा जे प्रतिभा छ त्यसलाई निरन्तरता दिनसके अन्ततः सफल भइन्छ भन्ने सन्देश अथवा निरन्तर अभ्यास गरिरहे असम्भव भन्ने केही छैन भन्ने देखाएको छ ।

०६९ मै सागर विरहीको एल्बम्मा समावेश ‘जिन्दगी बैना छ’ मा स्वर भर्ने मौका पाए । जुन गीत निकै राम्रो चल्यो । उनको स्वरमा सजिएका आधा दर्जनभन्दा बढी गीतहरू चर्चामा छन् । आधादर्जन गीतहरूमध्ये परियारको ‘आमा–२ एल्बममा रहेको ‘सम्झना आयो नि’ बोलको गीत सर्वाधिक चर्चित बनेको गीत हो । छोटो समयमै चर्चाको शिखरमा पुग्न सफल गायक परियारको यसबाहेक ‘माछो माछो भ्यागुतो’, ‘राम्रो केटा पाएमा बिहे गर्ने रहर’, ‘बुझ्ने हैन कहिल्यै’, ‘भन सानु तिमीलाई खै कसले भड्कायो’, ठेक्का पट्टा’, ‘नाच माया नाच’ र ‘माया बस्ला फेरि’ लगायतका गीतहरू बजारमा आइसकेका छन् । वाद्यवादक र गायनबाहेक गायक परियारले गीतहरूको सिर्जना तथा लय पनि भर्ने काम गर्दछन् । तर, उनी आपूmलाई गायकको रूपमा मात्र चिनाउन चाहान्छन् । पछिल्लो समय उनको स्वरमा एक दर्जनभन्दा बढी गीत बजारमा आउने क्रममा छन् । उनको ‘दूध घोटेर कुराउनी’ भन्ने बोलको गीतको म्युजिक बिहीबार रिलिज हुँदै छ ।

पछिल्लोसमय गायकगायिकाहरूको आम्दानीको मुख्य स्रोत बनेको स्टेज कार्यक्रममा उनी नै बढी छाउने गरेका छन् । सांगीतिक कार्यक्रमका लागि अहिलेसम्म विदेश भ्रमण नगरेका गायक परियार देशभर हुने मेला महोत्सव, र पर्वहरूमा भने बढी नै देखिने पात्र बनेका छन् । गायक परियार गीतसंगीतमा केही प्रतिभा नहुँदै पनि लगानी गरेर यस क्षेत्रमा भित्रिनुलाई विकृति मान्छन् । पछिल्लो समय पश्चिमा संस्कृतिको प्रभावले गर्दा लोक गायन ओझेलमा परेको बताउँदै यसलाई जगेर्ना गर्न सम्पूर्ण कलाकारहरू एकजुट हुनुपर्ने उनी बताउँछन् ।

‘समयले नै गीतसंगीतलाई गरी खाने भाँडो बनायो ।’ गायक परियारले भने, ‘भर्खरै पाइला चालेको छु । गीतसंगीतबाहेक अरू सोचेको छैन । यसमै आफ्नो जीवन समर्पित गर्न चाहान्छु ।’ पछिले समय गीत गाएर मात्रै बाँच्न सकिँदैन भन्ने पनि सुनेको छु । तर, गीत संगीतबाटै नबाँचिएका पनि छन् र ? उनी प्रतिप्रश्न गर्दै भन्छन्, मान्छेलाई जति भए पनि पुग्दैन । सहनशीलता हुनुपर्छ ।

प्रतिक्रिया