हिमालपारिका जिल्लामा पुस्तक

lxdfn kfl/ k':ts k7fpg ;'? hgs lzIff ;fdu|L s]Gb| If]qLo sfo{no kf]v/fn] lxdfn kfl/sf lhNnf dgfª / d':tfªdf ljBfno txsf kf7Øk':ts k7fpg] k|lqmof ;'? ub}{ . tl:a/ M jf;'b]j kf}8]n, kf]v/f, /f;;

पाोखरा, १९ माघ । हिमालपारिका जिल्ला भनेर चिनिने मनाङ र मुस्ताङमा विद्यालय तहका पाठ्यपुस्तक पठाउन जनक शिक्षा सामग्री केन्द्र क्षेत्रीय कार्यलय पोखराले प्रक्रिया सुरु गरेको छ । हिमाली जिल्लामा मौसमका कारण आगामी फागुनदेखि शैक्षिक सत्र सुरु हुने भएकाले नयाँ शैक्षिक सत्रका लागि पुस्तक पठाउने प्रक्रिया सुरु गरेको केन्द्र पोखराका स्टोर किपर नवीन खड्काले जानकारी दिए । ती जिल्लामा बुधबारसम्ममा सम्पूर्ण पुस्तक पठाइसकिने उनको भनाइ रहेको छ ।

सम्बन्धित जिल्ला शिक्षा कार्यालयबाट माग भएअनुसार मनाङका लागि कक्षा ६ देखि १० सम्मका सबै विद्यार्थीका लागि पुस्तक पठाउन लागिएको हो जसअनुसार कक्षा ६ का लागि ७६ सेट, ७ का लागि ६५ सेट, ८ का लागि ६५ सेट, ९ का लागि ७१ सेट र कक्षा १०का लागि ५३ ‘सेट’पुस्तक पठाइने भएको छ ।

यसैगरी मुस्ताङका लागि क्रमशः कक्षा ६ का लागि २ सय ८ सेट, ७ का लागि १ सय ९३ सेट, ८ का लागि २ सय ३३ सेट, ९ का लागि १ सय २६ सेट र १ सय २० ‘सेट’ पुस्तक पठाउन लागिएको हो । कक्षा ६, ७ र ८ मा एक सेटमा विभिन्न विषयका ९ पुस्तक रहन्छन् भने कक्षा ९ र १० मा अनिवार्य विषयका ६ वटा पुस्तक र इच्छाधिन २ विषय हुन्छन् । यसवर्ष परिवर्तित पाठ्यक्रमको कक्षा ९ को नयाँ पुस्तक पनि आइसकेको छ ।

प्रतिक्रिया