सुरु भयो ‘संरक्षण’को छायांकन

काठमाडौं । निर्माण घोषणा गरेदेखि नै निकै चर्चामा रहेको चलचित्र ‘संरक्षण’को आइतबारबाट छायांकन आरम्भ भएको छ । शक्ति, प्रेस, प्रहरी, राजनीतिक र जनताको कथामा अधारित चलचित्र ‘संरक्षण’मा निखिल उप्रेती, सौगात मल्ल, मलिना जोशी, अशिष्मा नकर्मी, कमलेश चौरसिया, रमेश रञ्जन झा, रमेश बुढाथोकी, निर शाहलगायत कलाकारहरूको अभिनय रहनेछ ।

प्रदीपकुमार उदयको लगानी रहेको चलचित्रमा पुरुषोतम प्रधानको छायांकन रहेने चलचित्रमा द्वन्द्व हिमाल केसी र कोरियोग्राफी कविराज गहतराजको रहेको छ ।

द्वारिका उदय निर्माता रहेको चलचित्रलाई पुर्णेन्दुकुमार झाले निर्देशन गरेका छन् । श्रीवास्तव फिल्मस्, हेटाँैडा मुभि मेकर टीम, एचएमएमटी र पुर्णेन्दु प्रोडक्सनको संयुक्त प्रस्तुतीमा बन्न लागेको हो । चलचित्रमा प्रदीपकुमार उदय, नरेन्द्र महर्जन, नन्दु श्रीवास्तव र श्वेता शाहको लगानी रहेको छ । (सौस)

प्रतिक्रिया