नेपाललाई नयाँ दिसा दिन सक्छ तेक्वान्दोले

feature_02 (5) copyनेपाललाई नयाँ दिसा दिन सक्छ तेक्वान्दोले विश्व तेक्वान्दो महासंघ (डब्लुटिएफ)नेपाली १२ वैशाखको भूकम्पले प्रभावित नेपालमा सहयोग गर्ने भएको छ । नेपाल भ्रमणमा रहेका महासंघ अध्यक्ष डा. छुङवोन छाले तेक्वान्दो ह्युमेनटेरियन फाउन्डेसन पाइलट प्रोजेक्ट र नेपाल अर्थक्वेक बिलिफ प्रोग्रामको बारे जानकारी गराउँदै सो कुरा उल्लेख गरेका हुन् । सन् २०१५ मा तेक्वान्दो खेलले फड्को मारेपछि मानवीय संवेदनाको क्षेत्रमा पनि सक्रिय हुनुपर्छ भन्ने सोचसहित यो परियोजना अघि बढेको महासंघका अध्यक्ष छोले बताए । मानवीय संवेदनाको सवालमा अग्रणी रहेको तेक्वान्दो खेलको हकमा नेपालमा यो एउटा नयाँ पाइला र कोशेढुंगा सावित हुन सक्नेछ । नेपाली खेलकुदको सबैभन्दा महत्वपूर्ण खेल तेक्वान्दो नेपालमा पछिल्लो समय पुरानो साख जोगाउन असफल भए पनि मानवीय संवेदनाको सवालमा तेक्वान्दोकर्मीको समाजमा सकारात्मक छाप रहेको छ । डब्लुटिएफको यो प्रयास र सद्भावका कारण नेपाली तेक्वान्दोले सामाजिक उत्थानमा समेत नयाँ आयाम दिन सक्ने अनुमान गर्न थालिएको छ ।

पत्रकारसँगको भेटघाटको क्रममा अध्यक्ष छोले जोर्डन र नेपाल पहिलो चरणमा परेको बताए । साथै उनले सन् ८० को दशकमा उत्कृष्ट लयमा रहेको नेपाली तेक्वान्दोले फेरी फड्को मार्ने विश्वास व्यक्त गर्दै महासंघ यसमा सकारात्मक रहेको प्रतिक्रिया दिए । महासंघका अध्यक्ष छोले सुरुमा २ सय जना तेक्वान्दो खेलाडीलाई सहयोग गरे पनि दीर्घकालीन योजना बनाइने जानकारी दिए । छोले महासंघले आप्रवासीका लागि पनि ओलम्पिकको ढोका खोल्ने नीति बनिसकेको र यो क्रममा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी पनि सहयोगी रहेको बताए । नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमशेर राणले भूकम्पपछि नेपालले राखेको प्रस्तावलाई महासंघले स्वीकार गरेको बताए । संघका महासचिव दीपराज गुरुङले महासंघको सहयोग महत्वपूर्ण हुने बताए । हाल छोसहित अफ्रिकन तेक्वान्दो युनियनका अध्यक्ष अहमद एलफोली, युरोपियन तेक्वान्दो युनियनका अध्यक्ष अत्हाना सियोस प्रागालोस, ओसिएना तेक्वान्दो युनियनका अध्यक्ष जोन कोत्सिफास, एसियाली तेक्वान्दो युनियनका अध्यक्ष क्यु सियोक लि, तेक्वान्दो महासंघका डाइरेक्टर जेनरल रोजर पियारुली, तेक्वान्दो महासंघका सल्लाहकार चाङसिन चोइसहितको टोली नेपालमा रहेको छ । उक्त टोलीले सिन्धुपाल्चोकका भूकम्पपीडितलाई राहत वितरण गर्ने कार्यक्रम रहेको छ । त्यस्तै पोखरामा हाइ अल्टिच्युटमा हुने पुम्से प्रतियोगिताको स्थलगत निरीक्षण पनि गर्ने नेपाल तेक्वान्दो संघले जनाएको छ । त्यस्तै उनीहरूले राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्चपदस्थ महानुभावहरूसँग भेट गर्ने कार्यक्रमसमेत रहेको छ । तेक्वान्दोको यत्तिको विशिष्ट महानुभावहरू सम्मिलित टोलीले यसअघि कुनै पनि राष्ट्रको भ्रमण गरेको थिएन । एक दिन अघि प्रधानमन्त्री खड्गप्रसाद ओलीसँगको भेटमा अध्यक्ष छोले नेपालको भूकम्पपिडित क्षेत्रको पुनर्संरचनाको बारेमा छलफल गरेका थिए ।

feature_02 (1) copyहाल टर्कीमा तेक्वान्दोको मानवीय संवेदनयुक्त कार्य युरोपमा चर्चाको विषय बनेको छ । टर्कीको ‘रिप्mयुजी क्याम्पमा आफ्नो अभियान अघि बढाउने निर्णय तेक्वान्दो महासंघले गरिसकेको छ । छोको सिरीयाको सीमामा रहेका टर्कीमा भ्रमण सकिसकेपछि यो निर्णय भएको हो । इस्तानबुलमा रियो ओलम्पिकका लागि भएको छनोट खेलको दौरान अध्यक्षले क्याम्पमा भ्रमण गरेका थिए । क्याम्पमा भ्रमण गर्दा अध्यक्षले टर्कीमा पनि नयाँ तेक्वान्दो प्रदान गरेका थिए । डब्लुटिएफले जोर्डनमा भने गत महिना यो परियोजना सुरु गरेको थियो । जोर्डन र नेपाल हँुदै यो परियोजना, घाना, इथोपिया कोलम्बिया र ग्रिसमा पुग्नेछ ।

युरोपेली च्याम्पियनसिपबाट नयाँ बाटो

टर्कीको इस्तानबुलमा भएको रियो ओलम्पिकका लागि युरापेली छनोटबाट १६ जना खेलाडी छानिए । यी १६ मध्ये रिफ्युजी क्याम्पको खेलाडीसमेत रहेपछि यसले नयाँ उत्साह हरसम्भावनाको क्षेत्र देखा प¥यो ।

बेल्जियममा रहेकी इरानकी रिप्mयुजी, त्यहाँको पूर्व राष्ट्रिय खेलाडी राहेहे असिमानी ओलम्पिकका लागि छनोट भएकी छिन् । उनले महिला ५७ किलो तौल समूहको फाइनलमा फिनल्यान्डकी सुभी मिकोनेनलाई पराजित गरिन् । उनी ओलम्पिक झन्डामुनि रहेर रियो ओलम्पिकमा सहभागी हुने छिन् । ‘म पोस्ट अफिसमा काम गर्थें । घरबाट कुदेर चिठी पठाउन जान्थे । तर, आज म आपैmँ ओलम्पिकको टिकट पाउन सफल भएँ ।’ ओलम्पिक छनोटको सफलतापछि उनले भनेकी छिन् ।

उनले सफलतापछि बेल्जियमका परफरमेन्स डाइरेक्टर लाउरेन्स रेज, प्रशिक्षक ककारिम डेगु र तेक्वान्दो नेतृत्व प्रति आफूलाई सही बाटो देखाएकोमा धन्यवाद दिएकी छन् । युरोप र जोर्डनको बाटो पनि आशा गर्न सक्ने ठाउँ छ कि नेपाली तेक्वान्दो पुनःउत्थानको युगमा प्रवेश गर्नेछ । साथै मानवीय संवेदनाको क्षेत्रमा यो खेलले एउटा फड्को मार्नेछ ।

प्रतिक्रिया