‘आवेग’लाई ‘पिजी’ सर्टिफिकेट

ajib copyकाठमाडौं । आगामी चैत्र १२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र आवेगलाई ‘पिजी’ सर्टिफिकेट दिइएको छ । ट्रेलरमै एक्सनलाई महत्व दिइएको उक्त फिल्मका अभिनेता आर्यन सिग्देल रहेका छन् ।

एक्सनमा जम्न कोशिसमा रहेका आर्यनले ‘नाइके र अलबिदा’मा समेत एक्सनलाई नै प्राथामिकता दिएका थिए । उनै आर्यन अब फिल्म ‘आवेग’मार्फत एक्सन अवतार प्रस्तुत गर्दैछन् । चलचित्र सेन्सर बोर्डले ‘आवेग’ एक्सनको कारण बालबालिका एक्लैले हेर्न नसक्ने भन्दै ‘पिजी’ सर्टिफिकेट दिएको छ । निर्देशक वसन्त निरौलाका अनुसार यो फिल्ममा समावेश एक्सनका कारण यसलाई हेर्नका लागि बालबालिकाले बाबुआमा पनि लैजानु पर्नेछ ।

साउथ इन्डियन शैलीको यो फिल्मको कथावस्तुलाई व्यावसायिक बनाइएको वसन्तले बताए । सूर्य कार्कीको प्रस्तुतिमा तयार भएको यो फिल्ममा आर्यन सिग्देल, ध्रुव दत्त, अर्चना डेलाला, पवित्रा आचार्य मुख्य भूमिकामा छन् । (सौस)

प्रतिक्रिया