नेपालको अर्को सानदार जीत

anchor_02 copyकाठमाडौं, १६ माघ । नेपाल शनिबार आइसिसी यु–१९ विश्वकप क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेको छ । लगातार दोस्रो जित दर्ता गर्दै नेपाल र भारत प्रतियोगितको क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । समूह ‘डी’ मा रहेको नेपालले आफ्नो २ खेलमा नै उत्कृष्ट प्रदर्शन गर्दै अब्बल साबित ग¥यो ।

यसअघि नेपालले पहिलो खेलमा टेस्ट मान्यता प्राप्त राष्ट्र न्युजिल्यान्डलाई ३२ रनले पराजित गरेको थियो । त्यससँगै विश्वकपमा राम्रो सुरुआत गरेको नेपालले दोस्रो खेलमा पनि सहज जित दर्ता ग¥यो । दोस्रो खेलमा नेपालले आयरल्यान्डलाई ८ विकेटले पराजित ग¥यो ।

नेपालको जितमा सन्दीप लामिछाने र योगेन्द्र सिंह कार्की नायक बने । सन्दीपको जादुमयी बलिङमा आयरल्यान्ड ब्याट्सम्यान निस्तब्ध बने । सन्दीप ह्याट्रिक गर्दै ५ विकेट लिएपछि आयरल्यान्डको इनिङ धरासायी बन्यो । नेपालले पनि सामान्य लक्ष्य प्राप्त ग¥यो । जसलाई योगेन्द्रले नेपालको लागि पहिलो अर्धशतक प्रहार गर्दै नेपालको सहज जित दर्ता गराए ।

sandip copyयसअघि बंगलादेशको फतुल्लाहको खान शाहेव रंगशालामा आयरल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्दै नेपालसामु १३२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो । आयरल्यान्डले ९ विकेटको क्षतिमा उक्त लक्ष्य प्रस्तुत गरेको थियो । आयरल्यान्डले पुरै ५० ओभर खेले पनि नेपालले अनुशासित बलिङ गरेर उसलाई १३१ रनमा समेटेको थियो ।

आयरल्यान्डका लागि ह्यारी टेक्टोरले (३०) रनको योगदान दिए । ज्याक टेक्टोरले (२७), लोर्केन टाकरले (१५) तथा एडम डेनिसनले (१४) रन बनाए । नेपाली बलर सन्दीप लामिछानेले ह्याट्रिकसहित कुल ५ विकेट लिएपछि आयरल्यान्ड सस्तैमा समेटिएको थियो । ५ विकेट लिने क्रममा लामिछानेले ह्याट्रिक पनि गरे । उनले ३२औँ ओभरको चौथो, पाँचौँ र छैटौँ बलमा लगातार विकेट लिएका हुन् । सन्दीप लामिछाने यू–१९ विश्वकपमा ह्याट्रिक पूरा गर्ने पहिलो नेपाली बने । उनी अन्तर्राष्ट्रिय खेलमा हयाट्रिक गर्नेमध्ये भने दोस्रो नेपाली खेलाडी हुन् । यसअघि अविनाश कर्णले अन्तर्राष्ट्रिय खेलमा उक्त सफलता पाएका थिए । कर्णले सन् २०१३ मा एसिसी इलाइट कपमा बहराइनविरुद्ध ह्याट्रिक गरेका थिए ।

सम्हालिएको सुरुआत गरेको आयरल्यान्डले पहिलो विकेट ३९ रनमा गुमाएको थियो । तर, नेपाली बलरहरूले त्यसपछि उत्कृष्ट बलिङ गरेपछि आयरल्यान्डको पतन सुरु भयो । आयरल्यान्डले थप ९ रन जोड्दा २ थप विकेट गुमायो । ४८ रनमा ३ विकेट गुमाइसकेको आयरल्यान्डले त्यसपछि सम्हालिने कोशिस गरेको थियो । तर, ३२औँ ओभरको अन्तिम ३ बलमा लगातार विकेट लिँदै सन्दीप लामिछानेले ह्याट्रिक गरेपछि आयरल्यान्डको इनिङ ध्वस्त भएको थियो ।

त्यसपछि आयरल्यान्डका तल्लोक्रमका ब्याट्सम्यानले समालिँदै ब्याटिङ गर्दै आशलाग्दो रन जोडे । ३९औँ ओभरमा ९२ रन बनाउँदा ८ विकेट गुमाइसकेको आयरल्यान्डले त्यसपछि धैर्यता देखाउँदै पूरा ५० ओभर खेलेको हो । उसका लागि टेक्टोरले अन्तिमसम्म इनिङ सम्हाले । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २ तथा सुनील धमला र सुशील कँडेलले थप १–१ विकेट लिए ।

प्रतिउत्तरमा उत्कृष्ट ब्याटिङ गर्दैै २५ दशमलव ३ ओभरमा २ विकेट गुमाउँदै नेपालले लक्ष्य पूरा ग¥यो । नेपालका लागि योगेन्द्र कार्कीले सर्वाधिक अविजित ६१ रनको योगदान गरे । उनले ८१ बलमा ८ चौका प्रहार गरे । आरिफ सेखले ३१ तथा सुनील धमलाले २८ रन जोडे । सेखले ३६ बलमा ५ चौका तथा धमलाले ३५ बलमा ४ चौका र १ छक्का प्रहार गरे । नेपालको इनिङमा १ मात्र छक्का धमलाले प्रहार गरे ।

यसअघि ओपनर सन्दीप सुनार पहिलो बलमै डक आउट भएपछि नेपालको सुरुआत राम्रो हुन सकेको थिएन । तर, त्यसपछि सम्हालिएको प्रदर्शन गर्दै नेपालले शानदार जित दर्ता गरेको हो । सन्दीपलाई आउट गर्र्दै जोशु लिटलले नेपाललाई दबाबमा राखे । दोस्रो विकेट नेपालले ५५ रन जोड्दा गुमाए पनि त्यसपछि सम्हालिएको थियो । आयरल्यान्डका लागि लिटल र ग्यारी म्याकक्लिन्टकले १–१ विकेट लिए ।

समूहको अन्तिम खेलमा सोमबार नेपाल र भारत भिड्दै छन् । सन् २००० मा नेपाल पहिलोपटक यू–१९ विश्वकपमा सहभागी हुँदा क्वाटरफाइनल पुगेको थियो । नेपालले त्यसपछिको संस्करणमा त्यस्तो उपलब्धि दोहो¥याउन सकेको छैन ।

त्यस्तै भारतले पहिलो खेलमा आयरल्यान्डलाई पराजित गरेको थियो । दोस्रो खेलमा पनि न्युजिल्यान्डलाई पराजित गरेसँगै समूहको अन्तिम खेल खेल्नु अगावै नेपालसँगै भारत पनि क्वाटरफाइनल पुगेको हो । अंक तालिकामा समान ४ अंक जोडे पनि भारत नेट रनरेटमा अगाडी रहँदै शीर्षस्थानमा छ । भारतको नेट रनरेट १ दशमलव ९९ र नेपालको १ दशमलव ५३१ छ । लगातार २ खेलमा पराजय बेहोरोसँगै आयरल्यान्ड र न्युजिल्यान्ड भने समूह चरणबाटै बाहिरिएका छन् । हालसम्म यू–१९ विश्वकपको ७ वटा संस्करण खेलेको नेपालले दोस्रोपटक क्वाटरफाइनलमा स्थान बनाएको छ । यू–१९ विश्वकपको दोस्रो चरणमा स्थान बनाउने नेपाल एक मात्र एसोसियट राष्ट्र हो ।

प्रतिक्रिया