फरक शैलीमा ‘पशुपति प्रसाद’को प्रिमियर

pasupati prasad copyकाठमाडौं । नेपाली फिल्म क्षेत्रमा भित्रिएका नयाँ पुस्ताका फिल्मकर्मीहरूले फिल्म निर्माणमा नयाँ शैलीको बहससँगै फिल्मसम्बन्धी प्रचारप्रसार, पत्रकार सम्मेलन, प्रिमियरजस्ता कार्यक्रममा पनि बिस्तारै परिवर्तन ल्याउने प्रयास थालेका छन् ।

शुक्रबारबाट देशभर रिलिज भएको फिल्म ‘पशुपति प्रसाद’ को बिहीबार गरिएको प्रिमियरको शैली निकै व्यवस्थित थियो । फिल्म निर्माणसँग जोडिएका व्यक्ति, सञ्चारमाध्यम र देशका चिनिएका अनुहारलाई निम्त्याएर फिल्म देखाइने ‘प्रिमियर’ कार्यक्रममा ‘पशुपति प्रसाद’ले व्यवस्थित शैलीको नमुना पेस गरेको थियो ।

आमन्त्रितले फिल्मका प्रिमियरमा जाँदा सिँढीमा बस्नुपर्ने, फोटोग्राफरले फिल्मका कलाकारको फोटो खिच्दा भोग्नुपर्ने भीडभाडको समस्याजस्ता अप्ठ्यारा भोगाई बिहीबार जय नेपाल हलमा आयोजित ‘पशुपति प्रसाद’ प्रिमियरमा भने भोग्नुपरेन । फिल्मका कलाकारको फोटो खिच्न फोटोग्राफरदेखि कलाकारसम्मको सीमित दुरी निर्धारण गरेर स्टेज बनाइएको थियो भने सीमित व्यक्तिलाई मात्र प्रिमियरमा निम्त्याइएको थियो ।

प्रिमियरमा फिल्म तथा नाट्यक्षेत्रका चर्चित अनुहारदेखि सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो ।

दीपेन्द्र के खनाल निर्देशित फिल्ममा खगेन्द्र लामिछाने, वर्षा सिवाकोटी, रबिन्द्रसिंह बानियाँ, विपिन कार्की, प्रकाश घिमिरे, मिश्री थापालगायतले अभिनय गरेका छन् । (सौस)

प्रतिक्रिया