म्युजिक भिडियोमा “सुन्तली”

suntali copyहाँस्य टेलिशृंखला ‘मेरी बास्सै’का पारखीलाई सुन्तलीको वास्तविक अनुहार कस्तो छ त्यो कमैलाई थाहा होला । मेरी बास्सैमा सुन्तली र अन्य एकदुई भूमिकाबाहेक उनको खास अनुहार दर्शकले पर्दामा खासै देख्न पाएको थिएन । तर, अब भने सुन्तली (कुञ्जना घिमिरे) को वास्तविक अनुहार मेरी बास्सैबाट नभई एक म्युजिक भिडियोमार्फत देखिने भएको हो ।

वसन्त सापकोटाको संगीत, इन्दिरा जोशी र सरोज ओलीको स्वरको ‘आई लभ यु’ बोलको गीतको भिडियोमा कुञ्जनासँग पल शाहले अभिनय गरेका छन् । उक्त म्युजिक भिडियोमा सुन्तलीका श्रीमान् सिताराम कट्टेल (धुर्मुस) पनि देखिन्छन् । कविराज गहतराजले भिडियोको कोरियोग्राफी गरेका हुन् । (सौस)

प्रतिक्रिया