सागका सम्भावित स्टारहरू

gyani chunara copyअन्तर्राष्ट्रिय जुडोमा एसियाली स्तरमा पदक पाउने खेलाडी हुन्, ललीला अधिकारी । यिनको पथलाई पछ्याउने खेलाडी बनिन् फपु ल्हामु खत्रीले नि त्यसै खालको सफलता पाइन् । गत एसियाडमा खत्री र रमेस मगरले राम्रो प्रदर्शन गरेका थिए । यसकारण जुडो अधिकारीहरू आसन्न सागमा यी तीन खेलाडी प्रति आशावादी रहेका छन् । त्यसो त गत वर्ष थाइल्यान्डमा नेपाली मुक्केबाज दिनेस श्रेष्ठले राम्रो प्रदर्शन गरे । खेल जीवनको अन्तिम समयमा आइपुगेका मिहेनती र प्रतिभाशाली खेलाडी दिनेसको हकमा पनि आसन्न प्रतियोगिता महत्वपूर्ण हुनेछ । बक्सिङ निकट श्रोत भन्छन्, ‘फाइनल अघि भारतीय प्रतिद्वन्द्वीको सामना गर्नु नपरे ऊ भाग्यमानी खेलाडी हुनेछ । यस्तै अर्को आशाको केन्द्र र चासो बनेकी छिन्, सरस्वती राना मगर ।

यसपटक सागमा कराते समावेश छैन । यसकारण तेक्वान्दो खेलाडीमाथि थप जिम्मेवारी थपिएको छ । १३ सदस्यीय टोलीमा ज्ञानी चुनारा उत्कृष्ट रहेको धेरैको मत छ । त्यसो त मोहम्मद ओएस, निमा गुरुङ, रामबहादुर महत र सक्षम कार्की हेर्न लायक खेलाडी हुन् । अनुभवी खेलाडी यान कुमारी चौलागाईं र समयको सही उपयोग गर्ने सक्ने क्षमता भएकी आयशा शाक्यको प्रदर्शन पनि धेरैका लागि चासोको केन्द्र हुन सक्छ ।

dinesh shrestha copy८ देशको यो भिडन्तमा भारत निर्विवाद राम्रो हो । उसको यो उत्कृष्टता ¥याकेट खेलमा अझ बलियो बनेको छ । इक्विमेन्टमा आधारित खेलमा नेपालले आर्चरीमा रजत पदकको आशा गरेको छ । पछिल्लो समय नेपालमा मौलाएको ट्रायथलन खेलको नतिजा राम्रो हुनेमा संघ अध्यक्ष निलेन्द्रराज श्रेष्ठ नै आशावादी रहेका छन् । ट्रायथलनले महिला र पुरुष दुवैमा पदककै लागि खेल्नेछ । उपाधिको होडमा समेत नेपाली ट्रायथलन खेलाडी रहेका छन् ।

त्यसो त आर्चरमा नेपालको तेस्रोपटकको सहभागिता हो । यसपटकको सहभागितामा नेपालले टिममा रजतपदक सम्मको अनुमान गर्न सकिन्छ । टेनिसमा संरक्षक भूषण बज्राचार्यले पदक जिते सायद उनी सबैभन्दा कम उमेरमा पदक जित्ने खेलाडी हुनेछन् । फुटबल खुला खेल हो, यसमा जसले पनि जुनसुकै परिणाम ल्याउन सक्छ । पुरुषको हकमा खुला भए पनि महिलाको हकमा फुटबल समीक्षकको मतमा नेपाल रजत पदकको दाबेदार हो । लामो समयदेखि दक्षिण एसियाली महिला फुटबलमा भारत पहिलो र नेपाल दोस्रो रहँदै आएका छन् ।

भलिबलको महिला स्पर्धामा नेपालको सम्भावना रजत या काश्यमा रहेको धेरैको अनुमान छ । नेपालमै भएको दक्षिण एसियाली च्याम्पियनसिपमा दोस्रो स्थान हात पारेको नेपाललाई साग खेलमा पनि फाइनल प्रवेशको हकदारको रूपमा धेरैले हेरेका छन् । तथापि, त्यो समयको श्रीलंकालाई कम आक्न नमिल्ने धेरैको अनुमान छ । उसुमा नेपालले केही स्वर्णपदकको आशा गरेको छ । नेपाली उसु निकट व्यक्तिहरूको अनुसार यसपटक थाउलुमा नेपाली टोली राम्रो रहन सक्छ ।

टिम खेलमै ह्यान्डबलमा दुवै टोली पदकका हकदार मानिन्छन् । तथापि दक्षिण एसियाली ह्यान्डबलमा लागातार काश्यपदक पाउँदै आएको नेपाली महिला ह्यान्डबलका लागि यो साग खेल काश्यमा सीमित हुने या त्योभन्दा एक स्थान माथि उक्लने भन्ने अनुमान गर्न कठिन नै छ ।

टाइम खेलमा नेपाल कमजोर नै हो तथापि पौडीभन्दा एथिलेटिक्समा नेपाल त्यत्ति कमजोर मानिदैन । यसपटक नेपालको आशा थ्रोइङमा रहेको छ । स्प्रिन्टमा कमजोर मानिएको नेपालले यसपटक ४ गुना ४ सय मिटर महिला रिलेमा काश्यपदकसम्म पाए त्यो आश्चर्य नहुने जनाइन्छ । भारोत्तलनमा कति पदक नेपालले पाउने त्यो यकिन गर्न कठिन नै छ । यस्तै कुस्तीको बारे पनि धेरै आँकलन गरिएको छैन ।

प्रतिक्रिया