बुम क्रिकेटमा शकंरनगर बिजयी

भैरहवा, १३ माघ । रुपन्देही क्रिकेट सघंको आयोजनामा भैरहवामा जारी बुम रेमीट्यान्स सुपरलिग क्रिकेट अन्र्तगत मगंलवार सम्पन्न खेलमा शंकरनगर क्रिकेट क्लव शंकरनगर बिजयी भएको छ । भैरहवामा भएको खेलमा जवही क्रिकेट क्लब बेलबासलाई ५ बिकेटले हराउदै शंकर नगर बिजयी भएको हो । सेमीफाइनलमा पुग्न सकंरनगरले अझ एक खेल जित्नु पर्नेछ ।

भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको जवही निर्धारीत ३५ ओभरको खेलमा ३४.४ ओभरमा सवै बिकेट गुमाउदै १ सय ८८ रनमा समेटिएको थियो । जवाफमा शंकरनगरले ३३.३ ओभरमा ५ बिकेटको क्षतिमा १ सय ९१ रन बनाउँदै लक्ष्य पार गरेको थियो । शंकरनगरका लागी विष्णु पाण्डेले ४१, मनिस न्यौपानेले र गोकुल चापागार्इंले समान ३३ रनको योगदान दिए । नितेस थापाले ३ तथा धीर शाही र सुनील कुमारले शंकरनगरको १–१ विकेट लिएका थिए ।

जवहीका लागी बिक्रम थापाले ४५ रन, सरोज पौडेलले ३६ रन र सगंम क्षेत्रीले २७ रन जोडेका थिए । शंकरनगरका विष्णु पाण्डे, केयर सिंह भण्डारी र सानु गुरुनले समान २–२ विकेट लिए । खेलको म्यान अफ दी म्याच शंकरनगरका बिष्णु पाण्डे घोषित भएको रुपन्देही क्रिकेट सघंका अध्यक्ष प्रशान्तविक्रम मल्लले जानकारी दिए ।

प्रतिक्रिया