“पुस्तक नीति चाहियो”

butwal copyबुटवल, १३ माघ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको चौथो राष्ट्रिय महाधिवेशन ७ बुँदे घोषणा पत्र जारी गर्दै सकिएको छ । बुटवलमा यही माघ ९ र १० गते सम्पन्न महाधिवेशनपछि मंगलबार बुटवलमा पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिएको हो ।

महासंघका नवनिर्वाचित अध्यक्ष हरिप्रसाद अर्यालले पुस्तक नीति नहुँदाका समस्याहरूलाई जारी घोषणापत्रले समधान गर्ने बताए । जारी घोषणापत्रमा व्यवसायीक संरक्षण र सांगठनिक सशक्तीकरणमा महासंघले अभियानको रूपमा लैजाने बताइएको छ ।

राष्ट्रिय पुस्तक नीतिको मस्यौदा बनेर यतिकै थन्किरहेको जानकारी दिँदै अध्यक्ष अर्यालले पुस्तक नीति निर्माण गरी कार्यान्वयन गर्न दबाब सिर्जना गरिने बताए । उनले स्टेसनरीको व्यवसायीको पेसागत सुरक्षाका लागि नेपाल सरकारको कानुन र अदालतको निर्देशनका आधारमा कार्यान्वयनका लागि अनुरोध गरिने जानकारी दिए । घोषणापत्रमा देशका दुर्गम क्षेत्र सम्म जनक शिक्षा सामाग्री केन्द्र र निजी प्रकाशनका पुस्तकहरू लगाएत शैक्षिक सामग्रीहरू समयमा पुराउने वातावरण बनाउन सम्बन्धित निकायसँग पहल गरी अगाडि बढ्ने बताइएको छ ।

तयारी पुस्तक आयतमा भन्सार कर नलागे पनि कच्चा पदार्थका बस्तुहरूमा कर तथा भन्सार लाग्ने र जसका कारण मुद्रण, स्टेसनरी र प्रकाशन क्षेत्र प्रभावित हुने भन्दै सरकारसँग ध्यानाकर्षण गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।

महासंघका पूर्वअध्यक्ष धनराज आचार्यले पुस्तक नीतिका कारण बजारमा अश्लील र अनाधिकृत बिक्री हुने गरेकाले महासंघले तत्काल नीति बनाउन लागि पर्ने बताए । उनले पुस्तक नीति बनेपछि अहिले पुस्तकमा देखिएका ९५ प्रतिशत विकृतीको समधान हुने समेत प्रष्ट पारे ।

यसैबीच महासंघको पहिलो केन्द्रीय समितिको बैठकले ९ सदस्यीय मनोनित सल्लाहकारहरू चयन गरिएको छ । जसको मनोनित सभापति सल्लाहकारमा पोखराका धनराज आर्चाय रहेका छन् । त्यस्तै सदस्यहरूमा कृष्ण प्रसाद पाण्डे (बुटवल), राजेन्द्र ज्ञवाली (बुटवल), रामचन्द्र तिमाथी (काठमाडौं), नारायण कुमार श्रेष्ठ (धादिङ), दिवाकर घिमिरे (बुटवल), बालकृष्ण बस्याल (भैरहवा), नवराज बजगाई (काठमाडौं) र बसन्त कुमार लामिछाने (नेपालगंज) चयन भएका छन् ।

कार्यक्रम महासचिव नवनिधी पन्तको स्वागतमा भएको थियो । सो अवसरमा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेरबहादुर के.सीले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया