नाकाबन्दी नखुली भारत जान्नँ : प्रधानमन्त्री

ljhosf] d':sfg   Joj:yflksf ;+;baf6 ##* dt k|fKt u/L #*cf}F k|wfgdGqLsf] ?kdf ljho ePkl5 g]skf Pdfn]sf cWoIf s]kL zdf{ cf]nL  . tl:a/ M k|bLk/fh jGt, /f;;काठमाडौं, १२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नाकाबन्दी नखुलेसम्म भारत भ्रमण नगर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा केही सम्पादकसँग भएको कुराकानीमा उनले असहज अवस्था यथावत राखेर आफूले भारत भ्रमण गर्न वाञ्छनीय नभएको पनि वताएका हुन् । ‘असहज अवस्थालाई सामान्य नबनाई भारत भ्रमणमा जानु वाञ्छनीय छैन’ प्रधानमन्त्रीले भने ।

सधैँजसो नाकाबन्दी चाँडै खुल्ने बताउँदै आएका प्रधानमन्त्रीको भनाइमा पत्रकारहरूले त्यसका आधारबारे प्रश्न गरेका थिए । सोे प्रश्नमा प्रधानमन्त्री ओलीले आफूले राजनीतिक दलको जिम्मेवारपनमा र मित्रको मित्रतामा विश्वासका आधारमा नाकाबन्दी खुल्ने भनेको जनाए । ‘राजनीति गर्ने राजनीतिक दल जिम्मेवार हुन्छ भन्ने कुरामा मलाई विश्वास छ, मित्रको मित्रतामाथि पनि म विश्वास गर्छु, मैले यसैको आधारमा नाकाबन्दी खुल्छ भनेको हुँ’ नाकाबन्दी कहिले खुल्छ भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘घोषणा नगरी लगाएको नाकाबन्दी घोषणा नगरी खुल्छ । नाकाबन्दी १÷२ दिनमै खुल्छ ।’

प्रधानमन्त्री ओलीको यही फेब्रुअरी महिनामा भारत भ्रमण गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले नाकाबन्दी हट्नुपर्ने विषयलाई घुमाउरो भाषामा भारत भ्रमणको पूर्वशर्तका रूपमा राखेको श्रोतले दाबी गरेको छ । श्रोतका अनुसार ओलीले पूर्वशर्त तेस्र्याएको, भारतकै दबाबमा संविधान संशोधन भएको र मधेसी मोर्चालाई पनि भारतीय दबाब बढेकाले वीरगञ्जलगायतका नाका खुल्ने भएका हुन् । नाका खुले पनि त्यो दीर्घकालीन हुने कुरामा भने श्रोतले शंका व्यक्त गरेको छ । मधेसी मोर्चाले संशोधनको स्वामित्व लिएको छैन र उसले आन्दोलन जारी राख्ने भएकाले आगामी दिनमा सरकार र मोर्चाबीचको सम्बन्धले यसको भविष्य तय गर्ने बताइएको छ ।

सम्पादकहरूको भेटमा प्रधानमन्त्रीले आफूले बोलेका कुरा कुनै लहड वा उत्तेजनामा नभनेको स्पष्ट पारेका छन् । उनले देशको जनजीवन संकटमा परेकै कारणले विकास र परिवर्तनका कुरा गरेको बताएका थिए । ‘अहिले संकट छ, संकटकै बेला विकास र प्रगतिको योजना बनाउने हो । मैले बुझेरै विकासतिर लैजान्छु भनेको हुँ’ प्रधानमन्त्रीले भने, ‘१ सय ५ वर्षमा उत्पादन भएको जति मात्रै विद्युत् ऊर्जा १ वर्षमा उत्पादन गरेँ भने अनि मलाई जति खेदे पनि खेद्नु ।’

प्रधानमन्त्री ओलीले कांग्रेस पनि सरकारमा आउने विश्वास व्यक्त गरेका छन् । संविधान बनाउँदा सहकार्य गरेको कांग्रेस सरकार बाहिर छ नि भन्ने प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘हो, कांग्रेस सरकार बाहिर हुनु हुँदैनथ्यो, अब बाहिर हुँदैन सरकारमा आउँछ ।’

प्रतिक्रिया