चौतारी जापानले दियो विद्यालय भवन

kavreकाभ्रे, ११ माघ । काभ्रे जिल्लामा चौतारी जापानले एल्सरिन जापानको आर्थिक सहयोग तथा लवग्रिन नेपालको सहकार्यमा निर्माण गरेको दाप्चा माध्यमिक विद्यालयको ४ कोठे भवन हस्तान्तरण गरेको छ । लवग्रिन नेपालमार्पmत २३ लाख, विद्यालय र स्थानीय जनताको योगदान ४ लाख १० हजार १ सय ५५ गरी कूल २७ लाख १० हजार १ सय ५५ रुपियाँको लागतमा भवन निर्माण गरिएको हो ।

एल्सरिन जापानकी प्रतिनिधि एरिको ताकासाहीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रकुमार भुजु श्रेष्ठ र प्रधानाध्यापक दिनेशप्रसाद अधिकारीलाई भवन हस्तान्तरण गरेकी हुन् । भवन अभावका कारण विद्यार्थीहरू मन्दिरको सार्वजनिक पाटीमा बसेर पढ्नुपर्ने बाध्य भएको समाचारहरू प्रकाशमा आएपछि चौतारी जापानमार्पmत एल्सरिन जापानको सहयोगमा लवग्रिन नेपालले भवन बनाइदिएको थियो । जिल्लाकै सबैभन्दा पुरानो विद्यालयका रूपमा रहेको यस विद्यालयका विद्यार्थीहरू भवन अभावले नजिकको पाटीमा पढ्न बाध्य थिए । बाल कक्षा र १ लाई बारेर बनाएको १ वटा कक्षा २ र ३ लाई एउटा र ४ र ५ लाई बारेर बनाइएको साँघुरो कक्षामा राखेर विद्यार्थी पढाउँदै आएको विद्यालयलाई भवन प्रदान गरिएको हो । ०७१ चैतमा नै निर्माण सम्पन्न गरिएको विद्यालयको हस्तान्तरण भूकम्प तथा नाकाबन्दीका कारण हुन नसकेको निर्माण समितिले जनाएको छ ।

एल्सरिन जापान जापानी सौन्दर्य प्रशासन बिक्रेता महिलाहरूको समूह हो । सार्वजनिक विद्यालय भौतिक सुविधा विकास परियोजनाअन्तर्गत लवग्रिन नेपालले हालसम्म काभ्रे जिल्लामा ३४ वटा विद्यालयलाई २ सय १४ वटा कोठा, २० वटा खानेपानी सुविधा र २० वटा शौचालय निर्माण र ३१ सेट फर्निचर सहयोग गरिसकेको कार्यकारी निर्देशक गोरेकाजी संगतले जानकारी दिए । एल्सरिन जापानका प्रतिनिधि, चौतारी जापानकी प्रतिनिधि, लवग्रिन नेपालका अध्यक्ष केशव अर्याल, उपाध्यक्ष सरोज अधिकारी, कार्यकारी निर्देशक गोरेकाजी संगतसहितको टोलीलाई विद्यालयका अविभावक, शिक्षक र विद्यार्थीले सांस्कृतिक कार्यक्रम, बाजागाजासहितले भव्य स्वागत गरेका थिए । कार्यक्रममा विद्यालयका समस्या उजागर गर्ने काभ्रेमा कार्यरत विभिन्न सञ्चारकर्मी र सहयोग गर्ने सञ्चारमाध्ययमलाई कदरपत्र प्रदान गरिएको थियो । विद्यालय निर्माणमा सहयोग गर्ने भवन निर्माण कमिटीका अध्यक्ष नवराज अधिकारी र निर्माण व्यवसायी श्याम तामाङलाई सम्मान गरिएको थियो ।

विद्यालयका समस्याबारे जानकारीभूकम्पका कारण विद्यालयका २ वटै भवन जीर्ण भएको भन्दै दाप्चा माध्यमिक विद्यालयले सहयोग अझै सहयोग गर्न लवग्रिन नेपाललाई पुनः आग्रह गरेको छ । लवग्रिनको सहयोगमा ४ कोठे भवन बने पनि विद्यालयको लागि अझै कक्षाकोठा अभाव भएको भन्दै सहयोगको लागि आग्रह गरेको प्रधानाध्यापक दिनेश अधिकारीले जानकारी दिए । ‘विद्यालयका ८ वटा कोठा भूकम्पले पूर्ण क्षति भएपछि शिक्षा कार्यालयले जोखिमयुक्त भनेर स्टिकर टासेको छ, ‘अधिकारीले भने, ‘कक्षाकोठाको अभावमा विद्यार्थी जोखिममा नै बसेर पढ्न बाध्य छन् ।’

उनले भने, ‘भवन बन्दा समेत कक्षाकोठा अभाव हुन्छ । ‘शिक्षा विभागले उपलव्ध गराएको २४ लाख रुपैयाँले बनेको ४ कोठे भवन भूकम्पका परी पूर्ण क्षति भएको छ । बिम र पिल्लर भासिएका छन् । ६३ लाख लागत अनुमान गरिदिएर शिक्षा कार्यालयले २४ लाख मात्रै सहयोग गरेको उनको भनाइ थियो । गाउँको उक्त विद्यालयले भवनका लागि थप श्रोतहरू जुट्न नसकेको उनले बताए ।
१० सम्म सञ्चालित विद्यालयमा बाल बिकास केन्द्रसमेत गरी ४ सय १५ विद्यार्थी अध्ययनरत छन् । भाषा पाठशालाको रूपमा सञ्चालनमा आएको विद्यालय ०४० सालमा प्रावि, ०५१ मा निमावि हुँदै ०६७ सालबाट मावि बनेको हो ।

प्रतिक्रिया