अन्तर क्लब टि–ट्वान्टी मगंलबारदेखि

t20काठमाडौं । प्रथम राष्ट्रिय युवा अन्तर क्लब टि–ट्वान्टी क्रिकेट च्याम्पियसिप २८ पुसबाट हुने भएको छ । युवा संघ नेपालको आयोजनामा हुने प्रतियोगितामा नेपाल आर्मीसहित उपत्यका बाहिरका पोखरा, मकवानपुर, नुवाकोटका क्लबहरू गरी १६ टिमको सहभागित रहने छ । ५ माघसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरू त्रिवि क्रिकेट मैदान र पुलचोक इन्जिनियरिङ मैदानमा हुने छन् ।

प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय ११ पाउने छन भने दोस्रो हुनेले ५१ हजार १ सय ११ पाउने छन् । नकआउटका आधारमा हुने प्रतियोगितामा जुन सुकै उमेरका खेलाडीले सहभागिता जनाउन सक्ने आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरी जनाकारी दिएको छ । (सौस)

प्रतिक्रिया