संस्मरण : १४ दिन हिंडेर फिल्म हेर्न जाँदा धमलाचाउरेसँग विछोड

prem__lama copyबालापनको रहर न हो । मेरो घर नजिकै एकजना दाइ हुनुहुन्थ्यो । उमेरले म भन्दा ८,१० वर्ष जेठो भएपनि खेल्न हामीसँगै आउने उमेरका जेठा तर मनका दौँतरी थियौँ हामी ।

उबेला म कक्षा ६ मा पढ्ने चंचले केटा । सबैले मलाई च्यांबा भनेर बोलाउँथे । ति धमलाले पनि मलाई च्यांबा भनेर नै सम्बोधन गर्थे । उनको खास नाम के हो मलाई याद छैन तर गाउँमा उनलाई सबैले धमला चाउरे भनेर बोलाउँथै सायद मैले जानेको उनको नाम पनि उहीमात्र थियो । त्यही भएर मैले चाउरे धमला भनेर सम्बोधन गर्थे ।

त्यसबेला हामीले खेल्ने भनेको डण्डि वियो, मोजाको भकुण्डो बनाएर अप, गिर जस्ता खेलहरु हुन्थे । हाम्रो घर नजिकमा भएकाले वस्तुलाई घाँस दाउरा ल्याउने देखि गोठाला समेत सँगै भइन्थ्यो ।

सँगसँगै खेल्दै जाँदा एकदिन धमला चाउरेधमलालाई के सुर चढ्यो कुन्नी ? मलाई तानेर लगेर बारीको कुनामा पु¥याएर भन्यो, ‘ओइ च्याङ्बा तैले फिल्म हेरेको छस ?’ उसो त पहाड गाउँमा जन्मेको म त्यतीको उमेरमा कहाँको फिल्म हेर्ने ? फिल्म हेर्ने त होइन सुनेको पनि थिइन् । मैले भने,‘अं हं हेरेको छैन । कस्तो हुन्छ ?’ उसले सुनायो । ‘धरान शहरमा फिल्म हेर्न पाइन्छ । फिल्ममा राम्रा राम्रा हिरो हिरोइनले गीत गाउँछन् नाच्छन् । हेर्ने जाने हो ?’

गाउँमा आफुभन्दा उमेर ठुलो साथी । जस्ले फिल्मको बारेमा अझ मजैले व्यख्खा गरेर कहानी नै सुनाएपछि मलाई पनि भित्र भित्रै फिल्म हेर्न औधि रहर पलाएर आयो । उसको धरानमा फिल्म हेर्न पाइन्छ जाने हो ? भन्ने प्रश्नले मलाईपनि कता कता फिल्म हेर्ने सपना देखाइदियो । पहाडको गाउँबाट फिल्म हेर्न जानुपर्ने धरानको शहर । जब कि त्यो बेला हाम्रो गाउँबाट धरान जानमात्र सात दिन लाग्ने गथ्र्यो ।

हिरो हिरोईन राम्रो हुन्छ भन्ने धमला चाउरेको बहकाईमा लागेर मैले धरान जाने अठोट गरें । धमलासँग सल्लाहा भयो मैले आमाको थैलीबाट एकसय बीस रुपैयाँ (चोरेर) निकालेर उ संगै हिंडे धरनज राम्रो हिरो हिरोइन हेर्ने रहरमा । लगातार सातदिन हिंडेपछी बल्ल सिनेमा हेर्ने ठाउँमा पुगियो ।

धरान बजारमा (त्यसबेला शहर भईनसकेको धरान) पुगेर सायद गणेश टाकिज या त्यस्तै नाम गरेको फिल्म हलमा बेलुकी ६ बजेको शो फिल्म रहेछ । त्यहाँ हिन्दि चलचित्र ‘जनावर और ईन्सान’ चलिरहेको रहेछ । हामीले पनि पचास पैसा गोटाको टिकट काटेर फिल्म हलको सबैभन्दा आगाडि फल्यकमा बसेर फिल्म हेर्ने भइयो । नजिकबाट राम्रो देखिन्छ भन्ने आफ्नो बुझाईको करामतले होला फल्याकको सिटमा थियौँ हामी । वरिपरिका सबै बत्तिहरु झयाप्पै निभ्यो कालो अँध्यारो रात परेजस्तै भो । चाउरे दाइले फिल्म सुरुहुन लागेको संकेत दिए । अन्धकार सँगै भित्तामा परबाट ठुलो आवाज सँगै बाघ आयो । म डरले पानी पानी भएँ । बाफ रे बाफ ! डरले धमला चाउरेलाई हेरें अंधेरोमा कतै देखिन । मेरो डरले मुटु कामेको कामै भएछ । हतार हतार गरेर बाहिर कुलेलाम ठोकेँ । बाघसँग जोगिन आफु बाहिर त निस्के धमला चाउरे भित्रै । टिकटको अधकट्टी उ सँगै रह्यो । टिकटको अधकट्टि बिना भित्र जानपनि पाइएन । अनि धमला चाउरेलाई पर्खेर बाहिर बसें । पहिलो चोटि शहर, गाडी, सिनेमा हल झिलिमिली बत्ति देखेको यो च्याङ्बालाई सातदिनको हिंडाईको थकाईले लखतरान पारेकोले होला बाहिर बस्दा बसदै निदाए छु । बाहिर अँध्यारो भैसकेको थियो । सिनेमा सकिएर सबै मानिसहरु बाहिर निस्केको बेला आफुचाहिं बसेको ठाउँमै मस्त निदाएपछि हुनु दशा भो । हरायो चाउरे ।

बिउँझेपछी चाउरेलाई खोजे काहीँ भेटीन म एक्लै कता जाने के गर्ने पर्नु पिर प¥यो । जसो तसो गरेर म फेरी फर्किए गाउँ । मत फेरि सातदिन हिडेर १४औं दिन घरमा पुगेँ । घरमा पीर मानीरहेका रहेछन आफन्तहरु सबै खुशी नै भए । तर उ बेला बिछोड भएको चाउरे संग मेरो अहिलेसम्म भेट भएको छैन ।

पछि म गाउँ छाडेर आफ्नै पेश व्यवसायको सिलसिलामा गाउँ भन्दा बाहिर रहेँ । चाउरे धेरै बर्षपछि चारवटा बच्चा भारतीय श्रीमती र एउटा ट्यांका बोकेर गाउँमा आएको थियो रे ! उ आउँदा उसको बाउ आमा दुबैको निधन भैसकेको र घर पनि भत्कि सकेको । गाउँमा उसलाई चिन्ने मान्छे पनि कम । उसलेपनि चिने जानेको मान्छे भएनन् रे । नेपाली भाषा समेत विर्सेर अडकी अडकी बोल्ने चाउरेलाई स्थिति सहज नभएको भन्दै हिन्दिमै बोल्दै केहिदिन पछि भान्टाङ ,भुन्टुङ बच्चाहरु च्यापेर उही ट्यांका बोकेर चाउरे बाटो लाग्यो रे ! अनि जाँदै गर्दा गाउँलेहरु संग मलाई सम्झेको कुरा हिन्दीमा भन्थ्यो रे !

‘कभी च्याङ्ंबा गाउँ मे आ गए तो बोलदेना मैले सम्झेको थियो ! बिचरा चाउरे म पनि तिमिलाई सम्झिरहेको छु । तिमि कुन ठाउँमा कसरी बसेका छौ । तिमिले र मैले फिल्म हेर्न गएको शहर निकै ठुलो भइसक्यो । अब त हाम्रो भेट हुन्छ की हुँदैन । तर त्यो विगत विरमाइलो पाराले सम्झन लायककै छ । मलाई सोध्ने तिमिलाई मैले पनि सोधी रहेको छु । चाउरे धमला ।

तपाइले कतै ती बालसखा धमला चाउरेलाई भेट्नुभयो भने भनिदिनु होला । च्याङ्बाको पनि तिमिलाई धेरै धेरै सम्झना भनेर ! तिम्रो जय होस चाउरे धमला ।

प्रतिक्रिया