लघु जलबिद्युत आयोजनाको लागि सांगीतिक साँझ

1559706_10201174962054271_6840097771771712044_nखोटाङ, २४ पुस । खोटाङमा सञ्चालित तापखोला लघुजलविद्युत आयोजनाको सहयोगार्थ सांगीतिक साँझको तयारी गरिएको छ ।

जिल्लाको उत्तरी गाबिस खार्ताम्छा र बास्पानीका उपभोक्तालाई लक्षित गरी निर्माण सम्पन्न गरिएको ६९ किलोवाट क्षमताको आयोजना सम्पन्न गर्दाको ऋण तिर्ने रकम जुटाउन साँगीतिक साँझको तयारी गरिएको आयोजक तथा उपभोक्ता समिति तापखोला लघुजलबिद्युत आयोजनाका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो ।

आगामी माघ १ गते माघे संक्रान्तिको अवसरमा खार्ताम्छा, बास्पानी र पाथेकाको संगमस्थल तथा दम्दी खोला र तापखोलको दोभानमा लाग्ने बर्ष दिने ऐतिहासिक त्रिबेणी मेलामा ‘त्रिबेणी सांगीतिक साँझ–२०७२’ को तयारीगरिएको कार्यक्रम संयोजक गोपाल राना साम्पाङले जानकारी दिए । संयोजक साम्पाङका अनुसार सांगीतिक साँझमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछन् । कार्यक्रमका लागि गायिका कला राई, दिपा लामा, गायक सचिन राई, जनम थुलुङ, यसकुमार राईका साथमा अन्य स्थानीय कलाकारहरूको प्रस्तुती रहनेछन् । जलबिद्युत आयोजनाको लागि सहयोग जुटाउनका साथै ऐतिहासिक त्रिबेणी मेलाको प्रबद्र्घन र प्रचारप्रसारका लागि कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

३७ प्रतिशत बैकल्पिक उर्जा केन्द्रको अनुदानका साथै प्रति घरधुरी ५ हजार १ सय पचासका दरले संकलन र गाबिसको अनुदान गरी ३ करोड रूपैंयाँ बढी लागतमा सञ्चालित आयोजना सम्पन्न गर्दा थप ४० लाख बराबर ऋण बाँकी रहेको उपभोक्ताको भनाई छ ।

गत असार २९ गतेदेखि दैनिक १८ घण्टा सुचारु भईरहेको बिद्युतबाट टीभि, कम्प्युटर राईसकुकर, राईस मील लगायतका बिद्युतीय सामाग्री तथा औजारहरू समेत सञ्चालन भएकाले गर्दा स्थानीयलाई बहुआयामिक सहजता थपिएको जनाईएको छ । ५ सय ७५ घरधुरीमा बिद्युत शुचारु भएपछि बिशेषगरी महिलालाई समयको बचत, चरम उर्जा संकटबाट मुक्ति, बिद्यार्थीलाई अध्ययन गर्न सहज, सूचनाको पहँुच,रोजगारीको अवसर जस्ता फाईदा स्थानीयले लिईरहेका छन् । ६५ सालको अनुमानित लागत २ करोड ६४ लाख भएपनि करिब ३ करोड बढीमा आयोजना सम्पन्न भएकाले रकम जुटाउन समस्या परेको हो । रकम अभाब भएपछि दाताबाट ३४ लाख रूपैंयाँ र अन्य स्रोतहरूबाट समेत रकम थप गरिए पनि ४० लाख बराबरको ऋण बाँकी नै रहेको उपभोक्ता समितिले जनाएको छ ।

१२ सय घरधुरीको लागि क्षमता राख्ने योजना हाल करिब ६ सय घरधुरी मात्र उपभोक्ता रहेकाले अन्य घरधुरीमा बिद्युत बिस्तार भईरहेको बताईएको छ ।

प्रतिक्रिया