आइटम गीतमा नन्दिता

nandita-kcकाठमाडौं । नेपाली सिनेक्षेत्रको पर्दामा खासै नखुल्ने नायिका नन्दिता केसीको ग्ल्यामरस छवि पोखिएको आइटम गीत सार्वजनिक भएको छ । २०७३ जेठ महिनाबाट प्रदर्शनमा आउने भनिएको ‘जंग बहादुरको कोट’ नामक चलचित्रमा समावेश ‘आई नीड योर लभ’ बोलको आईटम गीतमा उनको ग्ल्यमरस छवि पोखिएको हो ।

बिनोद घिमिरेको शब्द र संगीत रहेको उक्त गीतमा गम्भिर बिष्टको कोरियोग्राफी रहेको छ । अहिले खासै चर्चामा नरहेकी नन्दिताले यसअघि कुनैपनि आईटम गीतमा प्रस्तुत नहुने बताउँदै आएपनि अन्तत करियरमा उताढचढाब आएपछि उनले आफ्नै बोली फेर्न पुगेकी हुन् । ‘जंग बहादुरको कोट’ मा विमलेश अधिकारी, अनुप बराल, नन्दिता केसी, आलोक कार्की, विश्व बस्नेत, सुचित्रा आचार्यको मुख्य भूमिका छ । यसअघि नै ‘जंग बहादुरको कोट’ लाई सेन्सर बोर्डले १६ बर्षमुनिका बालबालिकाले अभिभावकको साथमा हेर्नुपर्ने गरी पिजी दिएको थियो । (सौस)

प्रतिक्रिया