धनकुटामा १२ सय ग्याससिलिण्डर वितरण

धनकुटा २४ पुस । धनकुटामा बिहीबार खाना पकाउँने ग्यास वितरण गरिएको छ । नाकाबन्दी र तराई बन्दका कारण नियमित नआउँदा खाना पकाउँने ग्यासको हाहाकार झेलिरहेका सर्वसाधरणहरूले ग्यास पाएपछि केही राहत महसुस गरेका छन् ।

करिव १५ दिनपछि १२ सय सिलिण्डर ग्यास वितरण गरिएको हुलाकटोलस्थित कोशी ग्यास डिलरले जनाएको छ । ग्यास लिनका लागि कोशी ग्यास डिलरदेखि मदनचौकसम्म करिब ४ सय मिटर लामो लाइन बसेको थियो । रातिदेखि नै लाइन बसेका सर्वसाधरणहरूले दिउँसो ३ बजेसम्म लाईन बसेर ग्यास लिएका छन् । लाईन बसेका १ सय ५९ उपभोक्ता भने वितरण गर्दागर्दै ग्यास सिद्धिएपछि त्यसै फर्किएका छन् ।

उनीहरूको नाम लेखेर सिलिण्डर राखेर पुनः ग्यास आउँदा दिनेगरी पठाइएको डिलरले जनाएको छ । केही दिनभित्रै पुनः ग्यास आउँने अवस्था रहेकाले नआत्तिनका लागि उपभोक्तालाई ग्यास डिलर सञ्चालकले आग्रह गरेका छन् ।

प्रतिक्रिया