काठ तस्करी गर्ने पुर्पक्षमा

काभ्रे, २१ पुस । पटकपटक अवैध काठ निकासीको क्रममा पक्राउ परेका चलाल गणेशस्थान–५ बस्ने राजेन्द्र कार्कीलाई पुर्पक्षमा राख्न आदेश दिइएको छ । केहि दिन अगाडि चलाल गणेशस्थानबाट बनेपातर्फ आइरहेको बा २ ख ८३६१ नं. को मिनिट्रकलाई प्रहरीले पक्राउ गरेकोे थियो । ट्रकलाई १० हजार धरौटीमा छोडिएको थियो ।

जिल्ला वन कार्यालयका रेञ्जर सन्तोष मिश्रले काठ राष्ट्रिय प्रजातिको भएको तर दाउरा मान्दै २ हजार रुपैयाँ धरौटीमा छोडिएकोे जनाएका छन् । ८ गोलाई भन्दा बढी भएको भए पनि सो काठ रेञ्जरले मिलेमतोमा दाउरा बनाएको भन्दै स्थानीयले आक्रोश पोखेका छन् ।

यता रेञ्जरले भने गोलाई जति नै भए पनि बांगो टिंगो काठ भएकोले दाउरामा राखीएको दाबी गरेका छन् । सो ट्रकसँगै पक्राउपरेका राजेन्द्र कार्कीलाई भने प्रहरीले पुर्पक्षमा राखी थप अनुसन्धान सुरु गरिने भएकोे छ । कार्कीको यसअघिका मुद्दा पनि विचाराधीन अवस्थामा रहेको छ ।

यता सो क्षेत्रमा रहँदै आएको खोपासी रेञ्जर पोस्टका शिवराम थापा र हिमशिखर काष्ठ मिलका सञ्चालक शिवसरण महतको पारिवारिक नाता रहेको र सोही ठाँउबाट उनको मिलेमतोमा काठ पठाइँदै आएको तथा पनौती बनेपाको प्रहरीले मात्रै समाउँदै आएका छन् ।
स्थानीयले रेञ्जर पोष्टको समेत संलग्नता रहेको दाबी गर्दै आएका छन् । काठ तस्करी गर्ने प्रयोग भएको कागजातमा किर्ते जग्गा ठेगाना राख्दै काठ अन्तै काटेर थुपारेको र सो काठ प्रति टिप अवैध जिल्ला बाहिर निकासी भए २० हजारसम्म नाफा हुने भएपछि सो ठाउँमा खटिएको प्रहरी र रेञ्जर पोष्टका अधिकृतले टाँचामा समेत छलछाम गरेको स्थानीयबासीको आरोप छ ।

प्रतिक्रिया