पत्रकार गोले सम्मानित

kavre copyकाभ्रे, २१ पुस । सञ्चारकर्मी राजकुमार गोलेलाई मानव मेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति काभ्रेले मंगलबार सम्मानित गरेको छ । गोलेले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी समाचार, लेख रचना र फिचर र खोजमूलक समाचार प्रकाशित गरेवापत उक्त पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको हो ।

उनलाई जिल्लाका क्रियाशील पत्रकारहरूबाट उत्कृष्ट छनोट भई सम्मानित गरेको आयोजकले बताए । महिला तथा बालबालिका कार्यालय काभ्रेकी महिला विकास अधिकृत पूर्णकुमारी श्रेष्ठको प्रमुख आतिथ्यमा भएको पत्रकार सम्मान कार्यक्रममा श्रेष्ठले मानव बेचबिखनविरुद्ध पत्रकार जगतको भूमिका महत्वपूर्ण रहेको बताइन् ।

पत्रकारले देश, जनता र समाजप्रति उत्तरदायी रहँदा सफलता मिलेको बताइन् । स्थानीय विकास अधिकारी टेकराज निरौला र जिल्ला न्यायाधिवक्ता गोविन्द उपाध्ययले जिल्लामा मानव बेचबिखनका घटनाहरू कमै सुनिन आए पनि प्रत्यक्ष र अप्रत्य रूपमा भएका घटनाहरूलाई प्रेस जगतले आँैल्याउन आग्रह गरे । गोलेलाई नेपाल वातावरण पत्रकार समूहबाट प्राप्त ल्यापटप कम्प्युटर र सम्मानपत्रसहित सम्मान गरेको थियो ।

सम्मानपछि गोलेले पुरस्कारले आफू उत्साहित भएकोे बताए । विभिन्न समयमा भएको धम्की, तथा आक्रमण गर्नेहरूलाई चुनौती थपिएको समते उनले बताए । साथै उनले आफूलाई गरेको सम्मानले यो क्षेत्रमा निरन्तर लाग्न झन् बल मिलेको बताए । गोले नयाँ पत्रिका दैनिकका काभ्रे सम्वाददाता तथा जनप्रतिरोध साप्ताहिकका विशेष सम्वाददाता हुन् । केही साताअघि उनीमाथि अज्ञात समूहले समाचारको विषयलाई लिएर आक्रमण गरेको थियो ।

प्रतिक्रिया