‘लक्ष्य’को ट्रेलर सार्वजनिक

sabin_lakshya copyकाठमाडौं । महंगो बजेट र लामो समय लगाएर छायांकन गरिएको चलचित्र ‘लक्ष्य’को फस्ट लुक्स र ट्रेलर प्रदर्शनी गरिएको छ ।

आगामी ५ चैतबाट सो चलचित्र देशव्यापी प्रदर्शनी गरिने यसका निर्देशक मिलन आले मगरले बताए । सविनको यो चलचित्रमा जबर्जस्त एक्सन गरेका छन् भन्ने देखिन्छ । मिलन आलेमगरको निर्देशनमा तयार भएको यो चलचित्रमा किरण गुरुङको लगानी छ । चलचित्रमा नायिका अनु शाह र सारिका केसीलाई पनि देख्न सकिन्छ । निर्देशक मिलनले चलचित्र उत्कृष्ट र दमदार बनेको बताए । उनले दर्शकको मनोरञ्जनका लागि चलचित्र बनाएकाले आफू ढुक्क रहेको बताए ।

अभिनेता सबिन श्रेष्ठले ‘लक्ष्य’ पूर्ण एक्सन चलचित्र भएकाले दर्शकले भरपूर मनोरञ्जन पाउने दाबी गरे भने अभिनेत्री सारिका केसीले निकै मिहिनेतका साथ काम गरेकाले धेरै आशा राखेको बताइन् । अभिनेता सुनील थापाले अर्जुनजंग शाही र आफू चलचित्र चिनोपछि बल्ल ‘लक्ष्य’बाटसँगै दर्शकमाझ आउन लागेको खुलासा गरे । यस्तै, चलचित्र दैवसंयोग खेलेपछि फिल्म खेल्न नभ्याएको र १७ वर्षपछि बल्ल आफू पुनः चलचित्र अभिनयमा फर्किएको कलाकार अर्जुनजंग शाहीले कार्यक्रममा जानकारी गराए ।

चलचित्रमा अर्जुन पोखरेल र टंक बुढाथोकीको संगीत, रामजी लामिछानेको नृत्य निर्देशन र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ । चलचित्रको छायांकन लामो समयसम्म भएकाले करोड बजेट खर्च भइसकेको बताइन्छ । (सौस)

प्रतिक्रिया