‘बागमती’का लागि हमालले साइकल चढे

bagmatiकाठमाडौं, १८ पुस । महानायक राजेश हमालको कमब्याकको रूपमा हेरिएको बहुप्रतिष्ठित चलचित्र ‘बागमती’ प्रचारमा नायक राजेश हमाल व्यस्त बनेका छन् ।

आगामी २४ पुसबाट देशव्यापी रूपमा प्रदर्शनमा आउन लागेको ‘बागमती’को प्रचारका लागि जस्तोसुकै अवस्थामा पनि तयार हुने वचन दिएका महानायक राजेश हमालले साइकलमा सरर हुँदै फिल्मको प्रचारमा जुटेका हुन् । अन्य सहभागीसँगै उनी कीर्तिपुरबाट सुरु भएको २० किलोमिटरका साइकल ¥यालीमा करिब ५ किलोमिटर बढीको यात्रा साइकलमै गर्दै बागमतीको प्रचार गर्न भ्याए ।

साइकल ¥यालीमा सहभागी तथा उपस्थित अन्य व्याक्तिहरूलाई हमालले रिलिजपश्चात हलमा पुगेर फिल्म हेरिदिन आग्रह गरे । सयौँ फिल्ममा अभिनय गरिसकेका हमालले ‘बागमती’ आम फिल्मभन्दा बिल्कुलै फरक बनेको र यसमा प्रयोग भएको प्रविधि तारिफ गर्न योग्य रहेको भन्दै ‘बागमती’ नेपाली फिल्म उद्योगमा कोशेढुंगा साबित हुने ठोकुवा पनि गरे ।

लायन्स क्लब अफ गोल्डेन टाउन र इन्द्रायणी परिवार क्लब कीर्तिपुरको संयुक्त आयोजना तथा ‘बागमती’ फिल्मको प्रायोजनमा ‘पर्यावरण पक्षमा तथा मानवीय स्वस्थताको लागि साइकल प्रयोग गरौँ’ जस्ता नारासहित सुरु भएको ¥याली कीर्तिपुरबाट सुरु भई पाटनढोका, थापाथली, त्रिपुरेश्वर, कालिमाटी, बल्खु, चोभार हुँदै कीर्तिपुर आएर सकिएको थियो । ¥यालीमा फिल्मकर्मी, पेसाकर्मी तथा अन्य विशिष्ट व्याक्तिहरूसमेत उपस्थित थिए ।

हमालसँगै फिल्म निर्माता दिनेश दर्शनधारी, अनिश नापितलगायतले शनिबार साइकलमै यात्रा गरे । महानायक हमालको कमब्याक भन्दै प्रचार गरिएको बागमतीमा साउथ इन्डियन निर्देशक सन्नी केरालाले एक्सन कट गरेका छन् । फिल्ममा हमालसँगै शिव श्रेष्ठ, केकी अधिकारी, श्रेया कार्की, रविकर घिमिरेलगायतको अभिनय छ । (सौस)

प्रतिक्रिया