उदयपुर ह्यान्डबल अभियानकी नेतृ रञ्जना

ranjana copyनेपाली ह्यान्डबल ओरालो लाग्दै थियो । यसमा पनि महिला ह्यान्डबल चर्चामा थिएन । ०६४ मा उदयपुरमा पर्वत गुरुङ कार्यरत थिए । उनले एउटा कदम थाले । श्री ज्योती मोडल हाइयर सेकेन्डरी स्कुललगायत सगरमाथा, कञ्जनजंघा र अर्किडलगायत विद्यालयमा ह्यान्डबल खेल्न चाहनेको छनोट गर्न थाले । यो अभियान त्यो समयमा स्वभाविक थियो, तत्कालीन समयमा । उनको अभियानले १ वर्षपछि नै सार्थकता पाउन थाल्यो । १ वर्षपछि नै लखनाउमा भएको तेस्रो दक्षिण एसियाली ह्यान्डबल च्याम्पियनसीपमा त्यस टोलीमा ५ जना अटाए । सुरुआतका ८० भन्दा बढी महिला खेलाडीको त्यो समूहमा २० को हाराहारीमा ह्यान्डबलमा सक्रिय थिए । राष्ट्रिय टोलीको नेतृत्व त्यसै समुहकी रञ्जना राईले गरिन् । नेपाली समाजमा बेल्टार गाविसको परिचय फेरियो । महिला ह्यान्डबल खेलाडीको गाउँको रूपमा भिन्न परिचय बोक्यो । यसको नेतृत्व रञ्जनाले गरिरहिन् ।

सन् २००९ मा कोलकातामा आमन्त्रण मैत्री ह्यान्डबल प्रतियोगितामा त्यसै समूहका ९ जना रहेका थिए । सन् २०१२ मा ललितपुरमा आइएचफ अन्डर डेभलपमेन्ट राष्ट्रको खेलमा नेपालले तेस्रो स्थान पायो । त्यो प्रतियोगितामा रञ्जना लगातार प्लेयर अफ द म्याच घोषित भइन् । सन् २०१३ मा लखनऊमा भएको चौथो दक्षिण एसियाली ह्यान्डबल च्याम्पियनसिपमा त्यसै समूहका ९ जना राष्ट्रिय टोलीमा अटाए । रञ्जनाको नेतृत्वमा त्यस प्रतियोगितामा नेपाल तेस्रो भयो । त्यसको लगत्तै कतारमा भएको कतार ओमन इन्टरनेसनल ह्यान्डबल च्याम्पियनसिपमा त्यसै समूहका ६ जना टोलीमा थिए । त्यस प्रतियोगितामा नेपालले फेरी एकपटक काश्यपदक प्राप्त गर्न सफल भयो ।

पाकिस्तानमा गतवर्ष भएको उमेर समूहको प्रतियोगितामा नेपालले काश्यपदक पाउँदा रञ्जनाको नेतृत्त्वमा रहेको उदयपुरका ८ जना अटाएका थिए । रञ्जना भने त्यस प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गरेकी थिइन् । रञ्जनासहितको उदयपुरका ह्यान्डबल स्टारको समानता के हो भने सबैको पारिवारिक समर्थन उत्तिकै रहेको छ । उनले आमाको माया त पाइनन् । बाबु पनि ०६५ मै बितेपछि उनका अभिभावकका रूपमा हजुरबा र हजुरआमा रहेका थिए । आजको यो सफलतामा उनी अन्यको अभिभावक देख्दा उनले बारम्बार सम्झने गर्छिन् । खेल क्षेत्रकै व्यक्ति र अन्य खेलाडीका अभिभावकको माया पनि उनले त्यत्तिकै पाइन् । रोजगारीको सवालमा सानमा रहेकी रञ्जनाको भविष्यको लक्ष्य प्रशिक्षक बन्ने नै छ । उनको जीवनमा आइपुगेकी बिन्दा थापाको पनि योगदान रह्यो । टोलीका सहयात्री, प्रशिक्षक, सबै खेलाडीका अभिभावक र अन्य शुभेच्छुकको भूमिकालाई उनी भुल्ने छैनन् । उनीसँगै जिना राई, कबिता राई, बन्दना राई, उमा राई, निशा राईलगायतको समूह नेपाली ह्यान्डबलमा छाइरह्यो । योसहित भद्रकुमारी भट्टराईको पुस्ता नेपाली ह्यान्डबलमा छाइरह्यो ।

ranjana1लामो समयपछि राष्ट्रिय टोलीमा बेल्टारको प्रभाव कम रह्यो । तर, त्यहाँको प्रभाव फेरी एकपटक बढ्ने रञ्जनाको विश्वास छ । आफ्नो ठाउँमा सम्मान छ । समर्थन छ । अहिले बेल्टारमा खेलकुदप्रतिको चासो बढ्दो छ । खेलकुदमा लगाव छ । खेलकुदकै कारण सामाजिक क्रान्ती भएको छ । यस अभियानमा नेतृत्वदायी भूमिकामा रहेकी रञ्जनाका लागि यो दक्षिण एसियाली खेलकुद महत्वपूर्ण छ । यसै दक्षिण एसियाली खेलकुदमा प्राप्त नतिजा र पदक नेपाली खेलकुदको तथ्यांकमा थपिने एउटा पदक मात्र हुने छैन । सामाजिक रूपले पनि यसको थुप्रै महत्वपूर्ण अर्थ राख्छ । लामो समय राष्ट्रिय टोलीको नेतृत्व गरेकी अनुशासित व्यक्तित्वको रञ्जनाको लागि त यो दक्षिण एसियाली खेलकुद अझ महत्वपूर्ण रहेको छ । ७ वर्षअघि बेल्टारमै एउटा सुरु गरिएको अभियानका आर्किटेक पर्वतका लागि अर्थपूर्ण रहनेछ ।

प्रतिक्रिया