मीराको सफलता कथामा फिल्म

mira rai (1)काठमाडौं । कीर्तिमानी धाविका २५ वर्षीया पूर्वमाओवादी लडाकु मीरा राई नेपालमा भएको बृहत् शान्ति सम्झौतापछि सेना समायोजनका क्रममा अयोग्य ठहरिइन् । अयोग्य ठहरिएपछि उनले विदेश जाने सोच बनाए तर, उनले खेलकुदमा लाग्ने राम्रो मौका पाइन् । र निरन्तर खेलकुदमा लागे । तीनै खेलमार्फत अहिले उनले अयोग्य लडाकुको बिल्ला हटाएर आफ्नो नामको अगाडि कीर्तिमानीलाई थपाएका छन् । गत जून महिनाभन्दा अघि उनको नाम गुमनामै थियो । तर, फ्रान्समा भएको ८० किलोमिटर लामो मोन्ट ब्ल्यान्क अल्ट्रा म्यारथनमा पहिलो भएपछि एकाएक चर्चामा आइन् । उनी यो म्याराथन जित्ने पहिलो नेपाली खेलाडी थिइन् । उपाधि जित्ने क्रममा उनले आफ्नो निकटतम प्रतिद्वन्द्वीलाई २२ मिनेटले पछाडि पार्दै उक्त दौड इतिहासमा नयाँ रेकर्ड रचेकी थिइन् ।

तीनै मीरा राईको कथामाथि ‘मीरा राई’ नामक सर्ट फिल्म निर्माण भएको छ । फिल्म आगामी मार्च ३० मा रिलिज हुनेछ । फिल्ममा कसरी १४ वर्षको उमेरमा माओवादी लडाकु बनेकी राई विश्व पर्वतीय दौडमा उदाइन र लोभलाग्दो सफलता हासिल गरिन् भन्ने देखाइएको छ । फिल्मलाई लोयड बेच्लरले निर्माण गरेकी हुन् । (सौस)

प्रतिक्रिया