ताम्सालिङ स्वायत्त प्रदेश घोषणा

काभ्रे, १६ पुस । तराईमा भइरहेको आन्दोलनलाई तत्काल निष्कर्षमा पुग्नका लागि स्वायत्त प्रदेश अनिवार्य रहेको भन्दै नेकपा माओवादी विप्लव समूहले काभ्रेमा ताम्सालिङ स्वायत्त प्रदेशको घोषण गरेका छन् । केन्द्रीय स्थायी कमिटीको सदस्यसमेत रहेका धर्मेन्द्र बास्तोलाले तामसालिङ स्वायत्त प्रदेश घोषण गरेका हुन् ।

उक्त प्रदेशमा मणिक तामाङको अध्यक्षतमा ६८ सदस्यीय कार्य समिति चयन गरिएको छ । करिब १० जिल्लाका कार्यकर्ताहरूको भेलाले समितिको घोषणा गरेको हो । घोषण सभालाई सम्बोधन गर्दै बास्तोलाले जनतालाई दमन गर्ने सरकारले नाकाबन्दीको प्रतिकारसम्म पनि गर्ने नसकेको र आगामी दिनमा तामसालिङ क्षेत्रमा सबै जात र धर्म मान्नेहरूको हक अधिकार पूर्ण सुनिश्चित गरिने पनि बताएका छन् ।

कार्यक्रमलाई प्रहरीले हस्तक्षेप गर्ने खोजे पनि कार्यकर्ताले मञ्चलाई साङलो लगाएर कार्यक्रम गरेका थिए करिब १ घन्टाको लामो जुलुसलाई पछयाएको प्रहरीलाई मञ्चबाट नै हस्तक्षेप नगर्ने कार्यक्रम सञ्योजक तामाङले बताएका थिए । कार्यक्रममा प्रेम राई उमा भुजेललगायतका सदस्यहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया