काठमाडौं बुद्धिचालमा श्रेष्ठ

काठमाडौं । काठमाडौ जिल्ला बुद्धिचाल संघको चौथो साधारणसभाले अमृतचन्द्र श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय जिल्ला बुद्धिचाल संघको कार्य समिति निर्वाचित गरेको छ । कार्यसमितीको उपाध्यक्षमा सविन महर्जन र सबिन मुनिकार, सचिवमा नारायण श्रेष्ठ र कोषाध्यक्षमा ईमरान खानलाई चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा रजला जोशी, अमित तामाङ , रत्न महर्जन र हिक्मत दाहाल रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेण्डी शेर्पाले निर्वाचित कार्य समितिका पदाधिकारीलाई प्रमाणपत्र प्रदान गर्नु भयो। सो अवसरमा केन्द्रीय प्रतिनिधि संघका महासचिव एकालाल श्रेष्ठ र काठमाडौ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुव न्यौपानेको पनि उपस्थीती रहेको थियो । (सौस)

प्रतिक्रिया