चार ग्यास उद्योग मापदण्डविपरीत

काभ्रे, १५ पुस । चार ग्यास कम्पनीहरू मापदण्ड विपरीत रहेको पाइएको छ । काभ्रेमा रहेका सगर, चण्डी, सूर्य र हिमाल ग्यास उद्योगमध्ये कतिपयको त पर्खाल एउटै छ । २०५२ चैत ७ गते उग्रतारा गाविस–२ मा दर्ता भएको सगर ग्यास उद्योग २०७० असोज १० गते उग्रचण्डी गाविस १ मा दर्ता भई सञ्चालन हुँदै आएको छ । २०५२ सालमा दर्ता हुँदा जहाँ प्लान्ट थियो अहिलेसम्म पनि त्यहीँबाट उद्योग सञ्चालन हुँदै आएको छ । ग्यास उद्योग दर्ता गर्दा नजिक र मानव बस्ती वरपर छलेर गर्नुपर्ने प्रावधान भए पनि ग्यास डिलरले सो नीति नियमलाई बेवास्ता गरेर समस्या निम्त्याएका छन् ।

ग्यास उद्योग सञ्चालन गर्न आवश्यक मापदण्डको प्रशन उठिरहेको समयमा नापतौलको कुरा पनि उपभोक्ताबाट बारम्बार प्रश्न उठिरहेको छ । हालको परिवेशमा ग्यास चरम अभावसँगै आधा सिलिन्डर ग्यास वितरण भए पनि उपभोक्ताको नाममा कालोबजारी भैरहेको गुनासो पनि बारम्बार सुनीने गरेकोे छ । उपभोक्ताहरूलाई वितरण गर्न पठाइएको ग्यास पनि स्थानीय प्रहरी प्रशासनले लगेको समाचार पनि बारम्बार आइरहेको छ । पहुँचवालालाई घरमै ग्यास पु¥याउने गरिएकोे र उनीहरूले मात्रै ग्यास पाउने तथा अन्य सर्वसाधारणहरू मर्कामा परिरहेको बनेपाका बासीन्दा दिपेन्द्र बुढाथोकी बताउछन् । उनको गुनो छ, ‘घरमा दाउरा बाल्न घरबेटीले दिँदैन, ग्यास पाइँदैन, कहिले साथीकोमा त कहिले भोकै दिनहरू बित्दै आएको छ ।’

उपत्यका नजिकै काभ्रेमा रहेका ग्यास उद्योगहरूले कृत्रिम अभाव सिर्जना गर्दै महंगो र कालोबजारीमा ग्यास बिक्रि गरेको बनेपाका एक व्यवसायि बताउछन् । उनी भन्छन्, ‘सीमा–नाकामा भएको अवरोधका कारण आमजनताले इन्धनको चरम अभाव झेलिरहेको महिनौं भैसक्यो । सीमित मात्रामा आएको इन्धन पनि उपभोक्ताहरूले सहज तरिकाले पाउन सकेका छैनन् । पेट्रोल, डिजेल र मट्टीतेलका साथै खाना पकाउने ग्याससमेत कालोबजारी भैरहेको छ । चर्को मूल्यमा बजारमा सहजै पाइने इन्धन कहाँबाट कसरी आयो भन्नेबारे सम्बन्धित निकायले चासो दिएको छैन ।’ पेट्रोल, डिजेल र मट्टीतेलको व्यापक कालोबजारी भैरहेको मात्रै हैन पम्पबाटै पनि कैफियत गरी उपभोक्ताहरू ठगिएको प्रशस्त प्रमाण भेटिइसकेकोे छ ।

उपभोक्ता ठग्ने उपत्यका तथा उपत्यकाबाहिरका केही पेट्रोलपम्प सञ्चालकहरूलाई कार्वाहीको प्रक्रिया शुरु भए पनि ग्यास उद्योगहरूले गरेको अनियमितताको भने प्रभावकारी अनुगमन नै हुन सकेको छैन । यसका अलावा ग्यासे सिलिन्डर जाँचबुझ गर्ने हो भने पनि यसमा धेरै खराबी भेटिन सक्ने जनाइन्छ । नापतौल विभागले नियमित जाँच नगर्दा निश्चित समयमा सफा गर्नुपर्ने सिलिन्डरभित्र लेदो हुने र ग्यास कम हुने भन्दै उपभोक्ताले सम्बन्धित निकायको ध्यानाकर्षण गराइरहेका छन् । यसमा सम्बन्धित निकायको चासो भने पुगेको छैन ।

आधा सिलिन्डर ग्यास भनी बिक्री वितरण भए पनि सिलिन्डरभित्र लेदो हुने कारणले उपभोक्ताहरूले ५ सय ग्रामदेखि एक किलोसम्म कम ग्यास पाइरहेको गुनासो गर्ने गरेका छन् । ग्यास उद्योग सञ्चालनको मापदण्ड, निश्चित समयमा सिलिन्डर सफा गरे नगर्ने र विभिन्न निकायले गरेको कालोबजारीमा प्रशासन मौन बनेकोे छ ।

 

प्रतिक्रिया