जुनियर टेनिसमा नेपाल तेस्रो

काठमाडौं । नेपालले एसियाली जुनियर टेनिस टिम कपको यु–१४ स्पर्धामा तेस्रो स्थान पाएको छ । सोमबार राती कतारको दोहामा भएको खेलमा नेपालले कतारलाई २–१ ले पराजित ग¥यो ।

टोलीका प्रशिक्षक सूर्यभूषण बज्राचार्यले खेल अत्यन्त कठिन रहेको र समय समयमा योजना परिवर्तन गर्नु परेको प्रतिक्रिया दिए ।

पहिलो सेटमा ६–० ले विजयी संरक्षकभूषण वज्राचार्य दोस्रो सेटमा १–४ ले पछि परे पनि कमब्याक गर्दै ७– ६ ले खेल जिते । प्रणव खनाल भने ६–४ र ६–२ ले पराजित भए । डबल्समा नेपाली जोडी ६–० र ६–२ ले विजयी भयो ।

नेपालले प्रतियोगितामा लागातार दुई संस्करणमा तेस्रो स्थान हात पारेको हो । पहिलो चरणमा नेपाल भारतसंग पराजित भएको थियो भने दोस्रो खेलमा कतारलाई हराउदै सेमिफाइनल प्रवेश गरेको थियो । सेमिफाइनलमा नेपाल हङकङसँग पराजित भयो ।

नेपाली टोलीमा यसपटक सरंक्षकभूषण वज्राचार्य र प्रणव खनालले प्रतिस्पर्धा गरेका थिए । गत संस्करणमा यी दुईसहित सम्यकभूषण वज्राचार्य र रेन्जन लामा पनि टोलीमा थिए । (सौस)

प्रतिक्रिया