कहिले खुल्छ नाकाबन्दी ?

netra_tamang copyतपाईहरू त मिडियाको मान्छे, थाहा हुन्छ होला नि, कहिले खुल्छ यो नाकाबन्दी ? चिनजानकाले दर्जनचोटि यो प्रश्न सोधि सकेका छन् । काठमाडौंको बसाई छ । ग्याँस कहिले पाउने हो ठेगान छैन । मानिसहरू धमाधम ब्ल्याकमा पेट्रोल किनेर सवारी गुडाइरहेका छन् । सरकारले दाउरा बेच्न थालेको छ । हरेक सामानमा सय प्रतिशतभन्दा बढीले भाउ बढेको छ । औषधी सकिन थालेका छन् । कुनै दलले नाकाबन्दीको विरोधमा देशै बन्द गरेको छ । कतिबेला के हुने हो पत्तो छैन ।

भारतले अघोषित नाकाबन्दी गरिरहेकै छ । यो बेला काठमाडौंले स्वाभिमान सम्झेको छ । आत्मनिर्भरता सम्झेको छ । उसले अब वैकल्पिक उर्जा सम्झन थालेको छ । ट्रलीबस सम्झेको छ । विद्युतीय उपकरण सम्झेको छ । सबैसबै सम्झिसकेर पनि एकले अर्कालाई सोध्ने प्रश्न बनेको छ, ‘कहिले खुल्छ नाकाबन्दी ?’ मिडियाका मान्छे होस् या कुनै दलको अथवा कुनै व्यवसायी । दुःख बिसाउने मेलो यही बनेको छ । अहिले हरेकको मुखमुखमा नाकाबन्दी झुन्डेका छन् । हरेक गफको मसला बनेको छ नाकाबन्दी । व्यंग्य कार्यक्रममा चटनी बनेको छ नाकाबन्दी । इन्धनका लागि जर्किन, ग्यास सिलिन्डर र सवारीको लाइन झर्कोलाग्दो लामो देखिन्छ ।

साधारण नेपालीलाई नाकाबन्दी टर्रो बनेको छ । त्यसैले यो अमनावीय भएको छ । सरकारका मन्त्रीहरूलाई आफु चर्चामा आउने विषय भएको छ यो नाकाबन्दी । विभिन्न कार्यक्रममा नाकाबन्दीकै विषयमा चर्को आलोचना गरेर उत्तेजित भाषण दिन उद्दत छन्, मन्त्रीहरू । लय र टुक्कामा उनीहरू जनतालाई एकैछिन हसाँउछन् । कार्यक्रममा एकछिन हाँसेर नाकाबन्दी दर्द पर हुने हैन ।

केही दिन अघि मात्र युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले बिना वर्दीका भारतीय सेना नेपालभित्र छ्यापछ्याप्ती आएको दाबी गरेका थिए । उनले यो अभिव्यक्ति जनतालाई त्रासमा राख्न व्यक्त गरेका हुन् या सरकारलाई सजग बनाउन त्यसो भनेका हुन् ।

नभए, सरकारका एक जिम्मेवार मन्त्रीले भारतीय सेना नेपालमा विना बर्दी आउँदा के हेरिरहेको छ ? यसरी छ्यापछ्याप्ती आउने सेनालाई नियन्त्रणमा लिन सकिदैन ? कारबाही गर्न सकिदैन ? विगतका दिनमा पनि मन्त्रीहरूले पार्टीको नेतास्तरमा झरेर यस्तैयस्तै अभिव्यक्ति दिएकै छन् ।

देश अहिले कुनै समय दलहरूले संविधान जारी नहुदाँसम्म भनिने तरल अवस्थामा गुज्रिरहेको छ । संविधान जारी भएको केही दिनदेखि नै देशले ठूलो नोक्सानी खेप्दै आएको छ । मधेसमा भएको आन्दोलनमा ४२ जनाले ज्यान गुमाइसकेका छन् । मधेसमा आन्दोलनरत दलले आफ्नो मागहरूको वेवास्ताले गर्दा देशले थप क्षति बेहोरेको आरोप लगाएका छन् । देश जनयुद्धले पछाडि धकेल्यो । भूकम्पले थिलथिलो पा¥यो । नाकाबन्दीले उकुसमुकुस बनाइदियो । समस्याको चाङ लागको छ । तर, समाधानको नाममा सरकारले सिन्को भाँचेको छैन ।

झन् यस्तो बेला सरकारका मन्त्रीहरूले आगोमा घिउ थप्ने काम गरेको छ । जातीय, दलीय विषयलाई उठान गरेर, पहाडे, मधेसीको सवाल उठाएर भड्काउने खेलमा लागेको छ सरकार ।

काठमाडौंमा धेरैजसो मानिसहरू नाकाबन्दीको विरोधमा उत्रेका छन् । उनीहरू ‘कारपुल’ होस् वा भारतको विरोध गरेर सरकारलाई बलियो बनाउने कोसिसमा छन् । यता मधेसमा आन्दोलन जारी छ । सरकारले नाकाबन्दी हटाउन कुटनीतिक प्रयास जारी राखेको अभिव्यक्ति दिदैं आएको छ । तर, निष्फल । यता, मोर्चासँग वार्ता पनि जारी राखेको छ । तर, दुबै विषयमा कुनै प्रगति देखिएको छैन ।

सरकारका उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापा दिल्लीमा दुईपटक धाइसके । एमालेका दुत प्रदीप ज्ञवाली पनि दुईपटक दिल्ली पुगिसके । तर, देशमा नाकाबन्दी खुल्ने कुनै चाला देखिदैन । बरु भारतले घोषित रूपमै नाकाबन्दी गर्ने हल्लाहरू आइरहेका छन् ।

भारतले नाकाबन्दी गर्नुका पछाडि आफ्नै स्वर्थ होलान् । यही स्वर्थबारे अनेकन शंकाउपशंका यहाँ गरिदै आएको छ । नेपाली जनता अहिले नाकाबन्दीको विरोधमा मानव साङ्लो, जुलुस, धर्ना आदिमा जोडतोडले सहभागिता जनाइरहेका छन् । तर, मधेसको समस्या सामाधान गर्न सरकारसँग समाधान गर भनेर कुनै जुलुस, दबाव कार्यक्रम गरिएको देखिदैन ।

छिमेकी परिवारविरुद्ध लागिरहेको छ भने सबैभन्दा पहिले परिवारभित्र मेल हुनुपर्छ भन्ने मान्यतालाई नेपाली राजनीतिक दलहरूले विर्सेका छैनन् होला । मधेसमा एक सय दश दिन भन्दा बढी आन्दोलन भइसकेको छ । आफ्नै घरकोलाई चिढ्याएर छिमेकीलाई रिझाउनु कति उत्तम कुरा हो ? यो पनि राजनीतिक खेलाडीहरूले बुझ्दछ ।

मधेसी मोर्चाले नाकाबन्दी आफुहरूले गरेको दाबी गर्दै आएको छ । काठमाडौंमा पेट्रोल, तेल, ग्याँस आउने मधेसकै बाटो भएर हो । भारतले पनि मधेसमा भएको अवरोधका कारण इन्धन पठाउन नसकेको बताउँदै आएको छ ।

यति कुरा स्पष्ट भएपछि सरकारले पहिलो किन मधेसको समस्या समाधान गर्दैन ? मधेसले राखेको माग पुरा गर्न सकेमा सकिन्छ, नसकेमा सकिदैन भनेर स्पष्टसाथ भन्ने र मधेसको समस्या समाधानतिर सरकार लाग्नुपर्ने देखिन्छ । आफु बलियो भएमात्र अरूसँग भिड्न सकिन्छ, अहिले आफु नै कमजोर अवस्थामा रहेको बेला भारतसँग जोरी खोज्ने उपप्रधानमन्त्रीहरूको तौरतरिकाले पनि नेपालीहरूलाई दिक्का बनाएको छ ।

संविधानमा जे उल्लेख भएपनि, नेताहरूबीच जे जस्तो सहमति भएपनि अहिले देशमा नयाँ संविधान जारीपछिको अवस्थाले धेरैले नयाँ संविधानबारे प्रश्न उठाउन थालेका छन् । कतिले देशलाई संघीयता नफाप्ने कुरा गरेका छन् भने कतिले यो संविधान नै नभएको तर्क गरेका छन् । हालै एक टेलिभिजन कार्यक्रममा वरिष्ठ अधिवक्त बालकृष्ण न्यौपानले नयाँ संविधानलाई तमसुकको संज्ञा दिए । उनले भने, ‘यो संविधान नै होइन, सिकारुले लेखेको तमसुक हो ।’

केही नेताहरूको हठमा जारी भएको संविधानले अहिले जनताले दुःख पाइरहेको उनको दाबी थियो । सहमति र सहकार्यको रटान लगाएर जनतालाई झुक्याई जारी गरेको संविधानले अहिले निल्नु न ओकल्नु बनाइदिएको उनको भनाई थियो ।
आन्दो

लनरत दल भन्छ, ‘इतिहासमै लामो आन्दोलनलाई सरकारले वास्ता गरेन ।’ सरकार भन्छ, ‘आन्दोलनको स्वरूप परिवर्तन गर, नाकाबन्दी फिर्ता गर ।’ मधेसका दलले ४२ दिनसम्म आन्दोलन गरेका थिए । त्यो आन्दोलनमा राज्यले व्यापक दमन ग¥यो । उनीहरूको मागलाई वेवास्ता गरियो । ठूला दलमा रहेका मधेसी नेताहरूले ढुलमुले चाल देखाए । र, आफ्नो माग पुरा नहुनेदेखि पछि मधेसी मोर्चा नाका केन्द्रित आन्दोलनमा उत्रिए । र, अहिलेको अवस्था आएको छ । त्यसैले देशको वर्तमान राजनीतिक समस्या निकासका लागि मधेसको मागलाई उचित सम्बोधन गरेर अघि बढ्नुको विकल्प छैन ।

प्रतिक्रिया