पौडेलबाट देउवा र कोइरालालाई विश्रामको आग्रह

तम्घास, १४ पुस । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले अब ल¥याङ त¥याङ तरिकाले पार्टी चल्न नसक्ने जनाउँदै पार्टीका नेताद्वय सुशील कोइराला र शेरबहादुर देउवालाई विश्राम लिन आग्रह गरेका छन् ।

नेपाली कांग्रेस गुल्मीले मंगलबार आयोजना गरेको ‘कस्तो बन्यो संविधान, सद्भाव र एकताको अभियान’ अन्तर्गत कार्यक्रममा सहभागी हुन सदरमुकाम तम्घास आइपुगेका नेता पौडेलले अब सधँै भागबन्डाबाट पार्टी चल्न नसक्ने बताउँदै अब कार्यकर्ताका लागि मूल्याङ्कन गर्ने परीक्षाको घडी आएको बताए ।

र्पाैडलले दुई नेताहरूले सभापति र प्रधानमन्त्रीको अनुभव बटुलिसकेको हुँदा उनीहरूलाई आराम गर्न आग्रह गर्दै आफूलाई पार्टी सभापतिका लागि सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे । नेपाल प्रेस युनियन गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले दुवै नेतालाई आराम गर्नु भनेको र आफूले पार्टी हाक्ने इच्छा व्यक्त गरिसकेको बताए । उनले यसपालि आफूले कुनै पनि हालतमा सभापतिमा उम्मेदवारी दिने घोषणा पनि गरे ।

पौडेलले यही संविधानको सेरोफेरोमा रहेर मधेसको समस्या समाधान हुने बताउँदै काँग्रेसले सरकार बाहिरबाटै भए पनि मधेसको आन्दोलन अन्त्य गर्नका लागि भूमिका निर्वाह गरिरहेकाले मधेस आन्दोलन रोकिने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया