थामीलाई एक लाख रुपैया“ हस्तान्तरण

जुम्ला, १४ पुस । डिल्लीचौर–८ लुमगाउँ जुम्लाकी अन्तर्राष्ट्रिय पुरस्कार विजेता लाउरीमाया थामीलाई १ लाख ३ हजार ४ सय रुपैयाँ हस्तान्तरण गरिएको छ । अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवसका अवसरमा थामीलाई नगद पुरस्कार हस्तान्तरण गरिएको हो । ग्रामीण भेकमा रहेर बालविवाह, छाउपडी र जातीय छुवाछुतविरुद्ध जनचेतना जगाउन पु¥याएको योगदानाई कदर गर्दै ६० वर्षीया थामीलाई १५ असोजमा अन्तर्राष्ट्रिय पुरस्कार विजेता घोषणा गरिएको थियो ।

घोषित पुरस्कारको १ हजार अमेरिकी डलर राशि ‘एक्सन वक्र्स’ नेपालका जिल्ला संयोजक केशवप्रसाद धितालले थामीलाई हस्तान्तरण गरे । एक्सन वक्र्स नेपाल, भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) र सूर्य सामाजिक सेवा संघ (फोरएस) जुम्लाको समन्वयमा आयोजित कार्यक्रममा संयोजक धितालले सो रकम प्रदान गरेका हुन् । समाज रूपान्तरणमा निरन्तर खटिएकी थामीलाई अन्तर्राष्ट्रिय बुमन समिट फाउन्डेसन जेनेभा स्वीट्जरल्यान्डले प्रदान गर्ने सम्मान दिइएको हो । हरेक वर्ष ग्रामीण भेकमा अहोरात्र खटिने विश्वभरका १० महिलामध्ये नेपालबाट थामी परेकी हुन् ।

थामीले पुरस्कार ग्रहण गर्दै आफूजस्तो एकल एवं निरक्षर महिलालाई अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तिमा दर्ज गरिदिएकामा खुसी प्रकट गर्दै सो सम्मान आफूले मात्र नभई हिमाली जिल्लासहित नेपालले जितेको बताइन् । १२ वर्षको उमेरमा बालविवाह भएकी उनले श्रीमान्ले सौता ल्याउँदा पहिलो श्रीमान्सँग एक वर्षसम्म अदालतमा मुद्दा लडेर सम्बन्धबिच्छेद गरी अर्को विवाह गरेकी हुन् ।

थामीले १२ वर्ष अगाडि जीवनसँगी गुमाइसकेकी छिन् । पति वियोगको दुःखद् अवस्थालाई शक्तिमा परिणत गरी विभिन्न खाले चुनौती सामना गरेको प्रतिफलस्वरूप आफूले सो सम्मान पाएको उनले बताइन् । उनी अहिले कृषि महादेव उत्पादन समूह, एकल अपांग र फूलबारी कृषि समूहमा पनि आबद्ध छिन् ।

प्रतिक्रिया