सहज बन्दै नाका

Nakabandi copyकाठमाडौं, १४ पुस । मधेसको समस्या समाधानका लागि मन्त्रिपरिषद्ले गरेको निर्णयको भारतले स्वागत गरेसँगै नाकाहरू सहज बन्दै गएका छन् । सरकारले मधेस समस्या सामाधानका लागि ३ बुँदे रोडम्याप पारित गरेको थियो । संविधान जारी हुँदा जानकारी मात्र पाएको बताएको भारतले मन्त्रिपरिषद्को निर्णयको भने स्वागत गरेको थियो ।

भारतले निर्णयको स्वागत गरेर सकारात्मक संदेश दिएसँगै वीरगञ्जबाहेकका नाकाहरू सहज भएका छन् । यी नाकाहरूबाट सामान्य अवस्थाभन्दा बढी नै मालवाहक गाडीहरू भित्रिएको सम्बन्धित निकायले बताएका हुन् । भारतबाट मंगलबार मात्र भारतबाट २ सय ४ इन्धनका गाडी नेपाल भित्रिएका छन् । सबैभन्दा धेरै डिजेल बोकेका गाडी भित्रिएका छन् । पेट्रोल र ग्यासबाहक गाडी भने निकै कम संख्यामा आएका छन् ।

मंगलबार सबैभन्दा धेरै भैरहवाको बेलहिया नाकाबाट ७९ वटा इन्धन बोकेका गाडी नेपाल भित्रिएको जनाइएको छ । बेलहिया भन्सारका अधिकृत रविन्द्र प्याकुरेलका अनुसार ७२ वटा तेल ट्यांकर र ७ वटा ग्यास बुलेट नेपाल आएका हुन् । दिनभरमा भैरहवाबाट २ सय ५० भन्दा बढी मालबाहक गाडी नेपाल भित्रिएका छन् ।

नेपालगञ्ज नाकाबाट ५५ ट्यांकर इन्धन नेपाल भित्रिएको जमुनाह भन्सार प्रमुख राजेन्द्र हमालले जानकारी दिए । उनका अनुसार ४० ट्याकंर डिजेल आएको छ । जमुनाहबाट ५ ट्यांकर पेट्रोल, ७ ट्यांकर हवाइ इन्धन र ३ ट्यांकर मट्टितेल पनि नेपाल आएको छ । जमुनाह नाकाबाट अन्य ७७ वटा मालबाहक गाडी आएका छन् ।

कैलालीको गौरीफन्टा नाकाबाट ४० ट्यांकर इन्धन भित्रिएका छन् । गौरीफन्टाबाट ३४ वटा डिजेल, ४ वटा पेट्रोल र २ वटा हवाइ इन्धनका गाडी नेपाल आएको भन्सार प्रमुख हरिप्रसाद पाण्डेले जानकारी दिए ।

काँकडभिट्टाको मेची नाकाबाट १७ ट्यांकर इन्धन नेपाल आएका छन् । मेची भन्सारबाट १५ ट्यांकर डिजेल, १ ट्यांकर पेट्रोल र १ ट्यांकर मट्टितेल भित्रिएको छ । रातीसम्म थप ६ वटा इन्धनका गाडी नेपाल आउने भन्सार प्रमुख भीम अधिकारीले जानकारी दिए । मेचीबाट १ सय ६ वटा गाडी नेपाल आएका छन् । बिराटनगरको रानी नाकाबाट दिनभरमा १३ वटा इन्धनका गाडी भित्रिएका छन् । जसमा डिजेलका १० वटा छन् भने ग्यास बुलेट ३ वटा रहेको रानी भन्सार प्रवक्ता राजेन्द्र ढुंगानाले बताए ।

‘नाकाबन्दीबारे विचार गर्छौं’
Mahantha Thakur copyतराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले पुस १९ पछि नाकावन्दीलगायत आन्दोलनका कार्यक्रम परिवर्तन हुने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलबार बुझाएको ज्ञापन पत्र बुझ्दै अध्यक्ष ठाकुरले भने, ‘मोर्चाले समयसमयमा आन्दोलनको स्वरूप परिवर्तन गर्दै आएको छ । अहिले पुस १९ सम्मको कार्यक्रम चलिरहेको छ । त्यसपछि बस्ने मोर्चाको बैठकमा नाकाबन्दी अन्त्यसहितका एजेन्डाहरूमा छलफल हुन्छ ।’

ठाकुरले आफूहरूको ११ बुँदे प्रस्तावमा बुँदागत रूपमा छलफल गर्दै सहमति भएका विषयलाई एकातिर राखेर सहमति नबनेका विषयमा छलफल गर्दै जानुपर्ने बताए । उनले सरकारले वार्ताका लागि विश्वासिलो बातावरण बनाए ३ महिनामा सीमाकंन टुंग्याउने विषयमा पनि सहमति हुन सक्ने संकेत गरे । उनले भने, ‘३ महिनामा सीमांकन मिलाउने विषयमा हामीलाई विश्वास दिलाउन सक्नुप¥यो । अहिलेसम्म भएका लिखित सहमतिको उल्लंघन भएको छ । ३ महिना भन्दाभन्दै ४ महिना भइसक्यो कुरा मिलाएको भए भई हाल्थ्यो नि ।’

उनले संविधानको प्रस्तावनादेखि अन्त्यसम्म आफूहरूमाथि विभेदैविभेद गरिएको गुनासो गरे । उनले संविधानमा जनयुद्ध राख्न हुने अनि मधेस आन्दोलन राख्न किन नहुने ? भन्दै प्रश्न समेत गरे । सरकारसँग आन्दोलन दबाउने वा माग पूरा गरेर समाधान गर्ने दुई विकल्प रहेको भन्दै उनले अरूलाई जनावर नामाकरण गर्ने सरकारले आपैmँ जनावरको अमानवीय व्यवहार गरेको आरोप लगाए । उनले सरकारले पछिल्लो त्रूmरता सद्भावना पार्टीका राजेन्द्र महतोमाथि गरेको आक्रमणले प्रष्ट पारेको आरोप लगाए ।

प्रतिक्रिया