अब त संरचना फेर्ने कि !

राज्यका जिम्मेवार निकायले सबैभन्दा बढी प्राथमिकता दिएको खेल फुटबलको नेपाली टोली दक्षिण एसियाली च्याम्पियनसिपको पहिलो चरणबाट बाहिरिएको छ । पहिलो दक्षिण एसियाली च्याम्पियनसिपपछि इतिहासकै खराब प्रदर्शन गरेको नेपाली टोलीले ५ गोल खाएर एक मात्र गोल ग¥यो । यो वर्ष नेपाली फुटबल अत्यन्त धेरै चर्चामा रह्यो । खासमा विवादास्पदक घटनाका कारण चर्चामा रहेको नेपाली फुटबल केही सफलताका कारण पनि चर्चामा रह्यो । खासमा उमेर समूहमा भए पनि दक्षिण एसियाली क्षेत्रमा नेपालले सफलता पाएको थियो । योबाहेक खेल मिलोमतो, भ्रस्टाचार प्रकरण र बढी उमेरका खेलाडी खेलाएको नकरात्मक चर्चामा नेपाली फुटबलका महत्वपूर्ण पाटा बने । गत दुईदशक नेपाली फुटबलको नेतृत्व गरेको फुटबलमा थापा नेतृत्व हटेको छ । थापा नेतृत्व हटे पनि उनैले तयार गरेको संरचना नेपाली फुटबलमा यथावत रहेको छ । भारतको साफ च्याम्पियनसिपले प्रस्ट पारेको छ, नेपाली फुटबलले यतिखेर व्यक्तिगत रूपमा नेतृत्व परिवर्तन मात्र खोजेको छैन, पुनर्संरचना खोजेको छ । फुटबल नै यस्तो खेल हो जुन खेलमा नेपालका अधिक कर्पोरेट क्षेत्रको लगानी छ र दर्शकको लगानी छ । सञ्चार क्षेत्रको प्राथमिकतामा पनि छ ।

दुर्भाग्य खेल संस्कारको अभाव यसै खेलमा बढी देखिएको छ । पैसा यसै खेलमा छ तर खेल जीवनपछिको निराशा पनि यसै खेलमा बढी छ । वरिष्ठताको आधारमा सम्मानको महसुस छैन । यस बीचमा भारतमा भएको साफ च्याम्पियनसीपमा नेपालको पराजय एउटा दुखद घटना होइन । यो खेल कसरी अघि बढेको छ भन्ने कुरा प्रमुख हो । त्यसो त नेपाली खेल क्षेत्रमा पछिल्ला केही वर्ष निराशाजनक वर्षका रूपमा रहे । ओरालो लाग्ने क्रम तीव्र छ । तर, खेल संस्कार विवाद र पराजय सबै रूपले ओरालो लागेको खेल फुटबल नै हो । यो अवस्थामा फुटबलमा पुनर्संरचना एउटा विकल्प हो । अहिले सम्पूर्ण संरचना भंग गर्दै शून्यबाट सुरुआत फुटबलको निम्ती सबैभन्दा हितकर हो । यसका लागि यो खेलमा आबद्ध त तयार हुनु आवश्यक नै छ । साथमा सरोकारवाला सबैको हिम्मत पनि ।

विगतमा महासंघीय समर्थन र घरेलु साधारणसभामा प्रस्ट जितका कारण नेतृत्वमा रहेको शक्ति क्षीण भएपछि यो समय पुनर्संरचनाका लागि उपयुक्त अवसर पनि हो । यो अवसरलाई उपयोग गर्दै अघि बढे यो ओरालो लाग्ने क्रम केही समयपछि रोकिन सक्नेछ । अर्को विकल्प राज्य, कर्पोरेट क्षेत्र र अन्य सबै पक्षले प्राथमिकताका विषयमा परिवर्तन गर्ने । फुटबलबाहेक अन्य खेलमा नै नेपालको सम्भावना बढी रहेको विगतको इतिहासले प्रस्ट पारेको छ । त्यसमा पनि व्यक्तिगत खेलमा नै बढी सम्भावना रहेको नकार्न सकिँदैन । व्यक्तिगत खेलमा पनि मार्सल आर्ट नै नेपालको विगतदेखि वर्तमानसम्मको शान बनेको छ । बीचमा सबै जिम्मेवार निकायको प्राथमिकताको क्षेत्र फेरिएर मार्सल आर्ट पनि ओरालो लागेको थियो । तर, ठूलो सत्य यही हो कि सम्भावना र भविष्य मार्सल आर्टमा नै बढी हो ।

प्रतिक्रिया