भूकम्पपीडित परिवारलाई आर्थिक सहयोग

धनकुटा, १२ पुस । गत वैसाख १२ गतेको विनासकारी भूकम्पमा परी निधन भएका धनकुटाका पीडितका परिवारलाई आर्थिक सहयोग गरिएको छ । निर्माण व्यवसायीसमेत रहेका धनकुटा नगरपालिका–७ अगेन्द्र छाराको परिवारलाई आइतबार आर्थिक सहयोग उपलब्ध गराइएको हो ।

निर्माण व्यवसायी संघ धनकुटाका सदस्य स्वर्गीय अगेन्द्र छाराको परिवारलाई निर्माण व्यवसायी संघ धनकुटाले १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो । स्वर्गीय छाराकी पत्नी मनकुमारी छारालाई एक कार्यक्रमकाबीच रकम हस्तान्तरण गरिएको छ । निर्माण व्यवसायी संघले उपलव्ध गराएको उक्त रकम धनकुटाका प्रमुख जिल्ला अधिकारी बिजयनारायण मानन्धर र निर्माण व्यवसायी संघ क्षेत्रीय कमिटीका अध्यक्ष मोहनप्रसाद अधिकारीले संयुक्त रूपमा हस्तान्तरण गरेका छन् ।

मृतकका छोराछोरीको अध्ययनका लागि निर्माण व्यवसायी संघ क्षेत्रीय समितिले २५ हजार रुपैयाँ सहयोग प्रदान गर्ने अध्यक्ष अधिकारीले कार्यक्रममा प्रतिवद्धतासमेत जनाएका छन् । भूकम्पको बेला भ्यानमा सवार रहेका बेला व्यवसायी छाराको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको गेट नजिक मृत्यु भएको थियो ।

प्रतिक्रिया