काठ तस्करीमा किर्ते कागजात

काभ्रे, १२ पुस । पछिल्लो समय काभ्रेमा काठ तस्करी बढ्दो छ । काभ्रेको पनौती र चलाल गणेशस्थानलगायत स्थानबाट विभिन्न प्रजातिका काठहरू अवैध रूपमा काठमाडांै र आसपासका जिल्लाहरूमा निर्यात हुँदै आए पनि काठ तस्करी गर्ने मुख्य गिरोहलाई पक्रन नसक्दा तस्करी झन मौलाउँदै गएको स्थानीयले बताएका छन् । आइतबार बिहान मात्रै चलाल गणेशस्थानबाट काठमाडौं ल्याइँदै गरेको बा २ ख ८३६१ नम्बरको मिनिट्रकमा राष्ट्रिय प्रजातिको काठ गुराँसको काठ ५११.१३ क्यु फिटको काठ ल्याउँदै गर्दा प्रहरीले पक्राउ गरेको हो ।

हिमशिखर फर्निचरका राजेन्द्र कार्कीको स्वामित्वमा चालक मकवानपुर श्रीपुर छतिवन बस्ने ध्रुव सापकोटा र मेधनाथ सापकोटाले काठ ओसारेको जनाइएको छ । प्रहरीलाई देखाईएको कागजमा मिति २०७२ को ९ पुसमा चलाल गणेशस्थानको ३०२ किक्ता न उल्लेख गरिए पनि काठ सो स्थानभन्दा अन्तैबाट ल्याइएको जनाइएको छ । सो पत्रको अनुसार उत्तिसको काठ सिफारिस गरिएको भए पनि तस्करीले वन कार्यालयको सिफारिसभन्दा अलग तवरको काठ ल्याएपछि काठ तस्करीमा किर्ते कागजात भएको पुष्टी भएको हो । प्रहरीका अनुसार सो काठ जिल्ला वन कार्यालय काभ्रेलाई बुझाइएको छ । यसअघि पनि पटकपटक तस्करीमा पर्दै आएको सो फर्निचरले नक्कली भ्याट बिलको पनि प्रयोग गर्दै आएको छ । स्थानीय नरेन्द्र आचार्यका अनुसार तस्करीहरूले प्रहरी चौकी र डियुटिमा खटिएका प्रहरीलाई रकम दिँदै चौकी र नाका कटाँउँदै आएको पनि बुझिएको छ । उनका अनुसार खोपासि चौकीले उक्त पक्रेको काठ छोडे पनि पनौती प्रहरी चौकीले समातेको बताईएको छ । उक्त फर्निचरले यसअघि पनि काठ तस्करी गरेको थियो । तस्करीले काठ तस्करी गर्ने भनि चलाल गणेस्थानको कार्की गाँउँ , खड्कागाँउ लगायतका ७ भन्दा बडि ठाँउमा काठ काटेर राखिएको पनि बताएका छन् । यसरी काठ तस्करी भइरहेको विषयमा प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले कडा कारबाही र निगरानी गरिरहेको बताएका छन् । जिल्ला वन कार्यलयले भने कुनै धारणा सार्वजनिक गरेकोे छैन ।

जनसंया विकासका लागि गोष्ठी

बनेपा । बढ्दो जनसंख्याको व्यवस्थापन र विकाससम्बन्धी एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । संसदहरूको साझा मञ्चले आयोजना गरेको सो कार्यक्रमलाई बनेपाबाट सञ्चालित प्राइम एफएम १०४.५ मेगाहर्जले सहजीकरण गरेको हो । कार्यक्रममा मानव विकाससम्बन्धी बहस भएको थियो । जेष्ठ नागरिक, महिला बालबालिका, अपांगलगायतका क्षेत्रमा स्थानीय विकास अधिकारी टेकराज निरौलाले आर्थिक वर्षको गतिविधि पेस गरेका थिए । प्रमुख जिल्ला अधिकारी मदन भुजेलले चाबी योजनाको विषयमा सांसदका सदस्य र अधिकारकर्मीसँग छलफल गरेका थिए ।

प्रतिक्रिया