सिंहले दुवै देशका सरकारलाई दबाब दिने

गौशाला, १२ पुस । बिहार विधानसभामा सबैभन्दा ठूला पार्टी राष्ट्रिय जनता दल (आरजेडी) का राष्ट्रिय उपाध्यक्ष एवं नेपाल–भारत मैत्री यात्राका संयोजक डा रघुवंशप्रसाद सिंहले नेपालको तराईमा जारी मधेस आन्दोलनको समाधानका लागि नेपाल र भारत दुवै देशलाई दबाब दिने बताएका छन् । लालुप्रसाद यादव नेतृत्वको आरजेडीले भर्खरै सम्पन्न विहारको विधानसभामा २ सय ३४ मध्येसय सिटमा उम्मेदवारी दिएर ८० सीटमा जीत जितेको थियो ।

महोत्तरीको मटिहानी सीमा नाका सम्सीसँगै जोडिएको भारतीय सहर मधवापुरमा शनिबार आयोजित नेपाल–भारत मैत्री यात्रा कार्यक्रममा नेता सिंहले नेपालको मधेसमा विगत चार महिनादेखि जारी आन्दोलनले आर्थिक, सामाजिक, राजनीतिक सबै क्षेत्रलाई धरासायी बनाएको ठहर गर्दै दुवै देशका सरकारलाई अब तत्काल तराई मधेसको बन्द खोलाउन दबाब दिने बताएका हुन् ।

उनले भारत र नेपालबीच बेटीरोटीको सम्बन्ध रहेको चर्चा गर्दै दुई देशबीच चाँडो सम्बन्ध सुधार हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया